अन्तर्राष्ट्रिय

इरानमा सरकारविरोधी प्रदर्शन जारी इरानमा सरकारविरोधी प्रदर्शन जारी

तेहरान, २४ पुस ९रासस÷एएफपी

इरानमा गएका केही दिनयतादेखि जारी रहेको प्रदर्शनको क्रममा २३ जनाको मृत्यु भएको समाचार छ । इरानका सरकारी सञ्चारमाध्यमले सोमबार सो जानकारी दिएका छन् । 

विभिन्न स्थानमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीच झडप हुने गरेका छन् । इरानको सुरक्षा निकायले दिएको जानकारीअनुसार प्रदर्शनका क्रममा २३ को मृत्यु भएको छ । 

यता प्रदर्शनहरू जारी रहँदा राष्ट्रपति हसन रौहानीले भने कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउनुभएको छ । उहाँले यो आन्दोलनमा विदेशी र अतिवादीहरूको हात रहेको आरोप पनि लगाउनुभएको छ । 

मूल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हँुदै गएपछि हालसम्म २३ व्यक्तिको मृत्यु भएको र सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका बताइएको छ । 

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न शहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानमा गएको डिसेम्बर २८ देखि यहाँका जनताले सरकारविरुद्ध प्रदर्शन शुरु गरेका हुन् । मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग राखेर उनीहरूले प्रदर्शन शुरु गरेका हुन् । 

इरानका विशेषगरी क्वाजभिन, राष्ट, शाहर ए कुर्द र याज्डलगायतका थुप्रै ठाउँमा सोमबार पनि सरकारका विरुद्धमा नाराबाजी गर्दै ¥यालीहरूको आयोजना भएको छ । त्यस्ता प्रदर्शनमा दशौँ हजार जनाको सहभागिता हुने गरेको पाइएको छ । सरकारले भने यी प्रदर्शनहरूमा विदेशीहरूको घुसपैठ हुने गरेको आरोप लगाएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award