अन्तर्राष्ट्रिय

इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण, १७ जनाको मृत्यु इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण, १७ जनाको मृत्यु
मंसिर १२ – 
इराकको राजधानी बग्दादमा भएको आत्मघाती आक्रमणमा कम्तिमा १७ जनाको ज्यान गएको छ । दुई आक्रमणकारीले बग्दादको दक्षिण पूर्वी क्षेत्र नाहरावानमा आक्रमण गरेका हुन् ।घटनामा २८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट ९आइएस० ले घटनाको जिम्मेवारी लिएको छ ।
 
आक्रमणकारीले सर्वसाधारण नागरिकको भिड लागेको ठाउँमा अन्धाधुन्ध गोली चलाएका हुन् । एक आक्रमणकारीले आफैलाई विस्फोट गराएको तथा अर्का एक आक्रमणकारी सुरक्षाकर्मीको जवाफी कारवाहीमा मारिएका छन् । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award