अन्तर्राष्ट्रिय

काबुलको एक टिभी स्टेशनमा भएको आक्रमणमा पाँचको मृत्यु काबुलको एक टिभी स्टेशनमा भएको आक्रमणमा पाँचको मृत्यु
काबुल, अफगानिस्तान, २१ कात्तिक (रासस÷सिन्ह्वा) 
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक टेलिभिजन च्यानल स्टेशनमा मङ्गलबार भएको आतङ्ककारी आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन् । घटनामा २१ जना अन्य घाइते भएका बताइएको छ । 
 
काबुलको चामन–ए–हजुरी नजिकै रहेको पास्टो भाषाको निजी सामसद टेलिभिजनमा बिहानै दुई आक्रमणकारीले हमला गरेका सुरक्षा स्रोतले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएका छन् । मृतकमा सुरक्षा गार्ड, एक जना महिला कामदार र दुई आक्रमणकारी रहेका बताइएको छ । एक जनाको पहिचान खुल्न सकेको छैन । 
 
प्रहरीको भेषमा आएका आक्रमणकारीले टेलिभिजनको भवनमा शरण लिई सुरक्षाकर्मीको सङ्कट व्यवस्थापन एकाईका अधिकारीमाथिसमेत आक्रमण गरेपछि सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो । 
 
आक्रमणको सूचनापछि घटनास्थल पुगेको सुरक्षाकर्मीको समूहले करिब तीनघण्टापछि स्थितिलाई नियन्त्रणमा लिएको थियो । एकअर्को समूहबीच गोली चलेपछि अन्ततः सुरक्षाकर्मीले दर्जनौ सञ्चारकर्मी तथा टेलिभिजन कार्यालयका कर्मचारीलाई उद्धार गरेका थिए । 
 
घाइतेमध्ये केही सञ्चारकर्मी तथा चारजना बारुद नियन्त्रण अधिकारी रहेका यहाँको प्रहरीले एक वक्तव्य जारी गरी जानकारी गराएको छ । आक्रमणको अफगानी राष्ट्रपति असरफ घानी, अफगानी पत्रकार सुरक्षा समितिलगायतले कडा शब्दमा निन्दा गरेका छन् । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award