अन्तर्राष्ट्रिय

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए
कुन्दुज (अफगानिस्तान), ६ कात्तिक (रासस÷सिन्ह्वा) ः
अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन् । 
 
अफगान सैनिक अधिकारीले सोमबार दिएको जानकारीअनुसार सो कुन्दुज प्रान्तमा आठ र बादख्शान प्रान्तमा छ जना आतंककारीको मृत्यु भएको छ । 
 
यस कारबाहीको तालिवान आतंककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । ती क्षेत्रमा उनीहरूका हिंसात्मक क्रियाकलाप बढेपछि सेनाले हवाई र स्थलगत रुपमा कारबाही थालेको थियो । 
 
अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिन अघि पनि दर्जनौँ आतंककारी मारिएका बताइएको थियो । पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरूले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । 
 
सोही कारण अफगान सेना र प्रहरीले पनि तालिवान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । त्यसैगरी उत्तरी फारयाब प्रान्तमा पनि केही तालिवान लडाकू मारिएको समाचारमा जनाइएको छ । 
 
उक्त कारबाहीको समाचार आउन बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ । सो क्षेत्रमा पनि केही तालिवान मारिएको आशंका गरिएको प्रहरीले जानकारी दिएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award