अन्तर्राष्ट्रिय

क्याटालोनियाको जवाफ स्पष्ट आएन– स्पेन सरकार
ब्रसेल्स, ३० असोज (रासस÷एएफपी) 
क्याटालोनियाको क्षेत्रीय सरकारले उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको हो कि होइन भनी स्पेन सरकारले सोधेको प्रश्नको जवाफ स्पष्टरुपमा दिन नसकेको जनाइएको छ । 
 
सो कुराको जानकारी स्पेनका विदेशमन्त्रीले सोमबार दिनुभएको हो । स्पेनको मन्त्रिपरिषद्को विशेष बैठकपछि स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले क्याटेलोनियाको सरकारले त्यहाँ स्वतन्त्रताको घोषणा गरेको हो कि होइन भनी गत हप्ता प्रश्न गर्नुभएको थियो । 
 
सो प्रश्नको जवाफ स्पष्टरुपमा आउन नसकेको क्याटालोनियाका विदेशमन्त्री आल्फोनस दास्तिसले जानकारी दिनुभएको हो । स्पेन सरकारले पाँच दिनको समय राखेर उक्त प्रश्न गरेको थियो । सो म्याद सोमबार सकिँदैछ । 
 
युरोपेली युनियनका विदेशमन्त्रीहरुको बैठकका लागि सोमबार लक्जम्बर्ग आइपुग्नुभएका उहाँले सो जानकारी दिनुभएको लक्जम्बर्गबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
क्याटालेनियाको सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको बताएको थियो । सोही सूचनाका आधारमा स्पेन सरकारले सो प्रश्न गरेको हो । 
 
तर क्याटालोनियाको स्वतन्त्रताका लागि आन्दोलन जारी राखेका पृथकतावादी नेताले कुनै स्पष्ट जवाफ दिन नसकेको विदेशमन्त्रीले जानकारी दिनुभएको छ । 
 
लक्जम्बर्गमा रहेका विदेशमन्त्रीले सम्वाददाताहरुसँग भन्नुभयो– “शुरुमा सो क्षेत्रीय सरकारले स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने बारेमा सोधेका थियौँ र यदि स्वतन्त्रता घोषणा गरेको भए स्पेन सरकारले सोहीबमोजिम निर्णय गर्ने तयारी हाम्रो थियो ।” 
 
हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणा समेत गरेका छन् । 
 
सो जनमत संग्रहको परिणामपछि स्वतन्त्रता घोषणा गरिदिन क्षेत्रीय सरकारले केन्द्रीय सरकारसँग आग्रह गरेको थियो । तर स्पेन सरकारले भने उक्त जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएको छ । स्पेन सरकारले क्याटालोनियालाई स्वतन्त्रता दिन नसकिने बताएको छ । 
 
उक्त जनमत संग्रहलाई विवादास्पद मानिएको छ । युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले पनि यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गर्नुभएको बताइएको छ । 
 
सो विवादपछि विभिन्न विश्व समुदायले पनि क्याटोलोनियाको विरोधका कार्यक्रमहरुलाई नचर्काउन क्याटालोनियाली पृथकतावादी नेताहरुलाई दबाब दिएका बताइएको छ । 
 
विदेशमन्त्री दास्तिसले भन्नुभयो– “हामीले क्याटालान नेता कार्लेस पुज्दमोनलाई औपचारिक रुपमा नै पत्र लेखेर उक्त प्रश्न गरेका थियौँ, तर उहाँको स्पष्ट जवाफ आएको छैन ।” 
 
उहाँहरुले क्याटालोनियाको स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने प्रश्नको जवाफमात्र दिए हुनेमा त्यसो गर्न नसक्दा झन दुविधा भएको छ । 
 
पुज्दमोन क्याटलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा हुनुहुन्छ । सो निर्वाचनपछि यहाँका नेताहरुले लगत्तै एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताको घोषणा गर्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकिरहेको छैन । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award