अन्तर्राष्ट्रिय

इरान पाकिस्तान सीमा व्यवस्थापन समझदारी
इस्लामावाद, ३० असोज रासस÷सिन्ह्वा
पाकिस्तान र इरानबीच दुई देशबीचको सीमा व्यवस्थापनमा सहमति भएको छ । सो सम्बन्धी समझदारीपत्रमा यी दुई देशले आइतबार हस्ताक्षर गरेका छन् ।यी दुई देशको संयुक्त सीमा आयोगको बैठक आइतबार पाकिस्तानको बोलुचिस्तान प्रान्तमा भएको थियो । त्यस अवसरमा दुई देशकाबीचण् यो समझदारी भएको हो । 
 
गएको मे महिनामा यी दुई देशको सीमा आयोग गठन भएको थियो । आतंकवादी क्रियाकलापको नियन्त्रण गरी पाकिस्तान र इरानबीचको सीमा क्षेत्रलाई अद्यावधिक गर्नका लागि भन्दै सो संयुक्त आयोगको गठन भएको थियो । 
 
आइतबार उक्त आयोगका २१ औँ बैठक बसेको रेडियो पाकिस्तानले जानकारी दिएको छ । रेडियो पाकिस्तानका अनुसार सो आयोगको बैठकमा आतंकवादी क्रियाकलापहरुको निगरानी र नियन्त्रण, सीमा सुरक्षा, अध्यागमन तथा द्धिपक्षीय व्यापारलगायतका क्षेत्रमा छलफल र सहमति भएको थियो । 
 
सो बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले सीमा क्षेत्रमा हुन सक्नै अवैध लागूपदार्थको ओसार पसार, अवैध आप्रवासनको आवातजावत लगायतका धेरै क्षेत्रहरुको रोकथामका लागि सहमति तथा प्रतिबद्धता कायम गरेका रेडियो पाकिस्तानले जानकारी दिएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award