अन्तर्राष्ट्रिय

मोगादिसु विस्पोटमा मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो मोगादिसु विस्पोटमा मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो
मोगादिसु, २८ असोज (रासस÷सिन्ह्वा)
सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् । 
 
अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्पोटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराउनुभयो । घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने अहाँले बताउनुभयो । 
 
विष्पोटमा करिब २५० जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । पछिल्ला केही महिना यता भएकामध्ये यो सवैभन्दा ठूलो आक्रमण भएको, अदेमले बताउनुभयो । 
 
घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विश्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए । 
 
सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विष्पोटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएकोे छ । एकै पटक ठूलो सङ्ख्यामा घाइतेहरूको उपचार गर्नु परेकाले स्थानीय अस्पतालमा रगतको अभाव भएको श्वास्थ्य संस्थाले जनाएका छन् । विष्पोटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award