अन्तर्राष्ट्रिय

चीनमा एक हजार बर्ष पुरानो विद्यालय पुनः संचालनमा चीनमा एक हजार बर्ष पुरानो विद्यालय पुनः संचालनमा
जिनान, २० असोज (रासस÷सिन्ह्वा) ः
चीनमा झण्डै एक हजार बर्ष पुरानो माध्यामिक विद्यालय पुर्ननिर्माण गरी संचालनमा ल्याइएको छ । चीनको साङडोङ प्रान्तको राजधानी जिनानमा संचालनमा ल्याइएको सो ऐतिहासिक विद्यालयलाई प्रान्तीय कन्फ्युसी मन्दिरको रुपमा चिनिन्छ । 
 
१०६८ देखि १०७७ सम्मको छिङइङ कालमा बनेको विद्यालय १२७१ देखि १३६८ सम्मको युआन राजबंशीयकालमा क्षतिग्रस्त भएको थियो । त्यसलाई १३६८ देखि १६४४ सम्मको मिङ राजबंशीयकालको सुरुमा फेरी बनाइएको थियो । 
 
सो कन्फ्युसी मन्दिरमा तीन तह सम्म कन्फ्युसियस शिक्षा र उनका मुल्य मान्यताहरुका बारेमा पढाइने गरिएको थियो । नयाँ चीन बनेपछि सो मन्दिर मर्मत संहारको अभावमा जीर्ण बन्दै गएको थियो र एक पटक प्राथमिक विद्यालयको लागि प्रयोग भएको थियो । 
 
पछिल्लो समयमा स्थानीय सरकारले सन् २००५ मा पुर्ननिर्माण गरेको थियो भने सर्वसाधारणका लागि सन् २०१०मा खुल्ला गरेको थियो । चीनको नयाँ बर्षको अवसर पारेर अहिले त्यसलाई मन्दिरबाट कन्फ्युसी शिक्षा फेरी सुरु गरेर विद्यालयको रुपमा संचालनमा ल्याइएको हो । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award