अन्तर्राष्ट्रिय

भारतीय रेल सेवाको सुधारमा मोदी आबे वार्ता भारतीय रेल सेवाको सुधारमा मोदी आबे वार्ता
नयाँ दिल्ली, २८ भदौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको छ । उहाँहरुबीच भारतको रेल सेवाको विकास र विस्तारका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ । 
 
जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो । भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका छन् ।
 
भारतमा रेल सेवा पछिल्लो समयमा खतरनाक बन्दै गएको छ । धेरै भन्दा धेरै दुर्घटनाहरु यतिबेला रेलमार्गमा नै हुने गरेको बताइन्छ । भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि २ करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । भारतको सरकारले सन् २०१२ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार भारतमा हरेक वर्ष करिब १५ हजार नागरिकको रेल दुर्घटनामा परी ज्यान जाने गरेको थियो । 
 
बुलेट ट्रेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचनको अभियानका समयमा अघि सारेको कार्यक्रम हो । उहाँले आफूले निर्वाचन जितेमा भारतमा बुलेट ट्रेन सेवा विस्तार गर्ने बताउनुभएको थियो । भारतीय रेल सेवा पुरानो र जीर्ण अवस्थामा पुगेको बताइन्छ । यो सेवा भारतमा बेलायती साम्राज्यकालीन समयमा विस्तार गरिएको हो । 
 
उहाँहरुबीच बुधबार बिहान भएको भेटवार्तामा द्विपक्षीय आपसी सहयोगको अभिबृद्धिका साथै आर्थिक विकास र लगानीका क्षेत्रमा पनि कुराकानी भएको बताइएको छ ।

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award