अन्तर्राष्ट्रिय

लिविया र फ्रान्सबीच राजनीतिक सम्झौता बारे छलफल
ट्रिपोली, १९ भदौ । लिविया र फ्रान्सका विदेश मन्त्रीहरुले समसामयीक राजनीतिक अवस्था तथा लिविया र फ्रान्सकाबीचमा भविश्यमा हुने सम्झौताका बारेमा छलफल गर्नुभएको छ । राष्ट्रसंघको समर्थन रहेका लिवियाका विदेश मन्त्री मोहम्मद सायालाले सोमबार फ्रान्सका विदेश मन्त्री जेन यभेस ले ड्रिअनलाई लिवियाको राजधानी ट्रिपोलीमा भेट्नु भएको हो । 
 
लिवियाको विदेश मन्त्रालयको सञ्चार विभागले दुई पक्षका अधिकारीहरुकाबीचमा समसामयिक राजनीतिक घटनाक्रम र भावी सम्झौताका बारेमा छलफल भएको जनाएको छ । भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा फ्रान्सका विदेशमन्त्रीले तत्काल राजनीतिक संकट समाधान गर्न र लिवियाको स्थायित्व तर्फ जोड दिनुभएको थियो । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award