अन्तर्राष्ट्रिय

भ्रष्टाचार आरोप लागेका थाइ पूर्व प्रधानमन्त्री दुबईमा
बैङकक थाइल्याण्ड, १० भदौ । चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात दुबई उडेको उहाँको दलले जनाएको छ । 
 
चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेका शिनावात विदेश गइसकेको पार्टी स्रोतले जानकारी गराएको छ । उहाँले केही दिन पहिल्यै थाइल्याण्डबाट बाहिरिनु भएकोे शुक्रबार जानकारी गराइएको थियो । उहाँ बेलायत जाने क्रममा दुबर्य पुगेको उहाको दलका वरिष्ठ सदस्यले जनाए । 
 
पूर्व प्रधानमन्त्री शिनावातलाई शुक्रबार अदालतमा सुनुवाइका लागि उपस्थित हुन भनिएको थियो तर उपस्थित नभएपछि अदालतले उहाँलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो । उहाँको धरौटी जफत गरिएको थियो । 
 
शिनावातविरुद्धको मुद्दामा शुक्रबार फैसला सुनाउने तयारी गरेको सर्वोच्च अदालतले फैसला अर्को महिना गर्ने जनाएको छ । उहाँ बेलायत जानेक्रममा कम्वोडिया–सिङ्गापुर हुँदै दुबई पुग्नुभएको, जुन्ता दलका एक सदस्यले बताए । दुबईमा उहाँका दाजु पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात स्वघोषित निर्वासनमा बसिरहनुभएको छ । 
 
उनले भने, “हामीले उहाँ क्याम्बोडिया हुँदै सिंगापुर पुगेको र त्यहाँबाट दुबईका निम्ति उडेको थाहा पाएका छौँ । उहाँ सकुशल त्यहाँ पुगेर बसिरहेको जानकारी छ ।” “उहाँ बेलायत जाने योजना छ ।” 
 
त्यस प्रकरणमा दोषी ठहरिएमा पूर्व प्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय हुनसक्नेछ । रासस\एएफ्पी 
––––––––– 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award