अन्तर्राष्ट्रिय

भारतका उपराष्ट्रपतिको निर्वाचन शनिबार भारतका उपराष्ट्रपतिको निर्वाचन शनिबार
नयाँ दिल्ली, २० साउन । भारतमा उपराष्ट्रपतिको निर्वाचन शनिबार हुने भएको बताइएको छ । 
भारतीय सत्तारुढ दलहरुको संयुक्त गठबन्धन, नेशनल डेमोक्र्याटिक आवद्ध उम्मेदवार वेन्काइया नाइडु यस मतदानमा विजयी हुने निश्चितजस्तै देखिएको बताइन्छ । 
यस मतदानको परिणाम पनि शनिबार नै सार्वजनिक गरिने बताइएको छ । 
देशको प्रमुख विपक्षी काँग्रेस पार्टीले भारतीय पश्चिमी राज्य वेस्ट बङ्गालका कृष्ण गान्धीलाई नाइडुको प्रतिद्वन्दीका रुपमा यस निर्वाचनमा उम्मेदवार बनाएको छ । 
उप राष्ट्रपतिको शपथ १० अगस्तमा हुनेगरी कार्यक्रम सार्वजनिक पनि गरिएको छ । निर्वाचित हुने उपराष्ट्रपतिले हालका उपराष्ट्रपति हमिद अन्सारीलाई प्रतिस्थापन गर्नुहुने छ । 
भारतका उपराष्ट्रपतिको निर्वाचन भारतीय संसदका दुवै सदनका सदस्यहरुले गोप्य मतदानबाट गर्ने प्रावधान रहेको छ । 
राष्ट्रपति नभएको अवस्थामा जस्तै राष्ट्रपतिको मृत्यु भएमा, राजिनमा दिएमा र भ्रष्टाचारको मुद्धामा राष्ट्रपति हटेको खण्डमा र उहाँमाथि महाभियोग लागेर पद रिक्त रहेको अवस्थामा राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिले नै कार्य सम्पादन गर्ने प्रावधान रहेको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award