अन्तर्राष्ट्रिय

तालिवान प्रमुख कमाण्डसहित पाँच तालिवन र दुई प्रहरीको मृत्यु तालिवान प्रमुख कमाण्डसहित पाँच तालिवन र दुई प्रहरीको मृत्यु
 
मेहतार्लाम (अफगानिस्तान), २७ असार । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानको अजाम गुल इलाकामा भएको सुरक्षा कारबाहीमा परी मङ्गलबार तालिवानका प्रमुख कमाण्डर मारिएको समाचार छ । 
 
ती कमाण्डर कुन स्तरका हुन भन्ने बारेमा केही नबताइएको भए पनि उनी उक्त आतंककारी संगठनको केन्द्रीय स्तरका नै भएको आशङ्का गरिएको छ । उनी सहित पाँच आतङ्ककारी मारिएका मङ्गलबार बताइएको छ । 
 
अफगानिस्तानको लाघमान प्रान्तको प्रान्तीय सरकारद्धारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ । 
 
उता प्राप्त अर्काे एक समाचारअनुसार आलिसिङ्ग जिल्लामा अवस्थित एक प्रहरी चौकीमा तालिवानहरुको एक समूहले मङ्गलबार नै बिहान शक्तिशाली हमला गरेका थिए । 
 
दुई घण्टासम्म जारी यस भिडन्तमा दुई प्रहरीको ज्यान जानुको साथै अन्य पाँच जना घाइते समेत भएका छन् । 
 
सो आक्रमणको जवाफी कारबाहीको क्रममा छ जना प्रहरी घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । सो कारबाहीमा भएको हताहतिको विवरण प्राप्त भइसकेको छैन । रासस ÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award