अन्तर्राष्ट्रिय

अफगानी सुरक्षा कारबाहीमा उनान्सत्तरी जनाको मृत्यु अफगानी सुरक्षा कारबाहीमा उनान्सत्तरी जनाको मृत्यु
काबुल, २६ असार ।
अफगानिस्तानका विभिन्न ठाँउमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६९ जनाको मृत्यु भएको छ । 
 
गत चौविस घण्टामा अफगानी सुरक्षा फौजले गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले सोमबार जनाएको हो । 
 
“राष्ट्रिय सेना र प्रहरीले विभिन्न ठाँउमा गरेको कारबाहीमा मारिनेमा नौ जना इस्लामिक स्टेटका लडाकूहरु समेत रहेका छन्, घटनामा परी अरु ३९ जना घाइते पनि भएका छन्,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ । 
 
सुरक्षाकर्मीहरुले चार जना लडाकूलाई नियन्त्रणमा लिएका छन् । अफगानिस्तानको नान्गाहार, कापिसा, पाक्तिआ, पाक्तिका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, फाराह, बाद्घिस, कुन्दुज, फार्याव, बाल्ख, ताखार र हेल्मन्ड प्रान्तमा सरकारी पक्षले सुरक्षा कारबाही चलाएको थियो । 
 
अफगानिस्तानको सुरक्षा बलले लडाूुहरु विरुद्धमा विगत केही दिनदेखि देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाहीलाई तीव्रता दिएको छ । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Special Programs

Kalika Events

  • 12th Music Award