अन्तर्राष्ट्रिय

दक्षिण सिरिया युद्धविरामले शान्ति वार्तालाई थप टेवा पुरयाउने - संयुक्त राष्ट्रसङ्घ दक्षिण सिरिया युद्धविरामले शान्ति वार्तालाई थप टेवा पुरयाउने - संयुक्त राष्ट्रसङ्घ
दमास्कस (सिरिया), २४ असार । संयुक्त राष्ट्रसङ्घले संयुक्त राज्य अमेरिका र रसियाबीच सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा युद्धविराम गरेकोमा स्वागत गर्दै यसले सिरियामा विगत छ बर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा हुनगइरहेको शान्तिवार्तालाई सहयोग पु¥याएको बताउनुभएको छ । 
 
संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष उप–प्रतिनिधि राम्जी राम्जीले एक दिन अघि जर्मनीको ह्यामवर्गमा गरिएको सम्झौताको शनिबार सार्वजनिक गर्नुहुँदै सिरिया द्वन्द्व समाधानका लागि शुक्रबारको सहमतिले एक कदम ठीक दिशातिर लगेको बताउनुभयो । 
 
उहाँले सिरियाका अन्य क्षेत्रपनि हिंसा कम गर्न यस्तै सम्झौता हुनेमा विश्वास गर्नुभयो । राष्ट्रसङ्घ प्रतिनिधि राम्जी संयुक्त राष्ट्रसङ्घका पहलमा जेनेभामा यही सोमबार हुने शान्ति वार्ताका लागि तयारी गर्न शनिबार दमास्कस पुग्नुभएको छ । 
युद्धविराम दमास्कसको समय अनुसार आइतबार मध्यान्नदेखि लागु हुने राष्ट्रसङ्घका अधिकारीले बताउनुभयो । सम्झौताले अमेरिका र रसियाबीचको नयाँ तहको सहकार्यलाई प्रतिविम्वित गरेको छ । रासस÷एपी 
–––––––– 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award