अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा भारतीय अधिकारीसँग सोधपुछ पाकिस्तानद्वारा भारतीय अधिकारीसँग सोधपुछ
 
इश्लामावाद (पाकिस्तान), २४ असार । पाकिस्तानले भारतीय पक्षले सिमा क्षेत्रमा गोली चलाउँदा दुई पाकिस्तानी नागरिकको ज्यान गएको भनी यसबारे सोधपुछ तथा विरोध जनाउन भारतीय अधिकारीलाई बोलाइएको इश्लामावादले शनिबार जनाएको छ । 
 
यसअघि पाकिस्तानी सेनाले काश्मिर क्षेत्रमा रहेको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सिमारेखाभित्र भारतीय सेनाको गोली लागी दुई पाकिस्तानी नागरिकको ज्यान गएको जनाएको थियो । 
 
पाकिस्तानको विदेश मन्त्रालयका दक्षिण एसियाली शाखाका महानिर्देशक मोहम्मद फैसलले भारतीय उप उच्च आयुक्त जे. पी. सिंहलाई बोलाएर सिमा क्षेत्रमा भएको उक्त घटनाको निन्दा गर्नुभएको पाकिस्तानी पक्षले जनाएको छ । 
 
काश्मिरको चिरीकोट र सतवाल खण्डमा शनिबार विहान भएको युद्धविराम उल्लङ्घनको घटनाले हिंसा भड्काउन सक्ने भनी भारतीय अधिकारी सिंहलाई जनाइएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
भारतीय पक्षको गोली लागी सतवालका २२–बर्षीय एक यूवती र टेट्रीका एक युवकको ज्यान गएको र तीन जना अन्य घाइते भएका जनाइएको छ । 
 
“जानाजान पाकिस्तानी सर्वसाधारणमाथिको आक्रमण मानवीय प्रतिष्ठामाथि तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लङ्घन भएको छ,” पाकिस्तानले भेटका क्रममा भारतीय अधिकारीलाई जानकारी गरायो । 
 
पाकिस्तान र भारतले सिमाक्षेत्रमा तनाव कम गर्न सन् २००३ देखि युद्धविरामको घोषणा गरेका छन् तर दुवैले बेलाबखत युद्धविराम उल्लङ्घन गरेको भनी अरोप लगाउदै आएका छन् । 
 
महानिर्देशक फैसलले युद्धविरामका सम्मान गर्न र शनिबार तथा अन्य विभिन्न समयमा भारतीय पक्षबाट भएका उल्लङ्घनका घटनालाई अनुसन्धान गरी सिमाक्षेत्रमा सम्झौता अनुरूप शान्ति कायम गर्न आग्रह गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 
 
फैसलले संयुक्त राष्ट्रसङ्घ सैनिक अनुगमन समूहलाई राष्ट्रसङ्घ सुरक्षा परिषद् सङ्कल्प प्रस्ताव बमोजिम अनुगमनका लागि अनुमति दिन भारतीय पक्षसँग जोडदार राखेको बताउनुभयो । 
 
भारत–पाकिस्तानको सिमाक्षेत्रमा गत बर्ष सेप्टेम्बरमा भारतीय पक्षबाट १९ जना सैनिक मारिएपछि यस क्षेत्रमा पटक पटक तनाव उत्पन्न हुँदै आएको छ । रासस÷ सिन्ह्वा 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award