अन्तर्राष्ट्रिय

सिरिया द्वन्द्व समाधानका लागि जुलाइ १० मा जेनेभा वार्ता हुने सिरिया द्वन्द्व समाधानका लागि जुलाइ १० मा जेनेभा वार्ता हुने
जेनेभा स्वीट्जरल्यान्ड, ३ असार ।
संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने नयाँ चरणको सिरिया शान्ति वार्ता आगामी जुलाई १० मा जेनेभामा हुने सिरियाका लागि राष्ट्रसङ्घका प्रतिनिधि स्टेफन डे मिस्टुँराले शनिबार बताउनुभएको छ । 
सिरियामा सन् २०११ देखि सुरु भएको छ वर्ष लामो द्वन्द्व अन्त्य प्रयासमा निराशा देखिएका बेला राष्ट्रसङ्घको यो निर्णय आएको हो । राष्ट्रसङ्घ प्रतिनिधि मिस्टुराले सिरिया द्वन्द्वबारे थप वार्ता अगस्त र सेप्टेम्बरमा सुरु गर्नेसमेत योजना भएको जानकारी गराउनुभयो । सिरियाबारे संवैधानिक र कानुनी विषयका साथै वार्ताको औपचारिक सत्र जुलाइमा बोलाइने वार्तामा हुने बताउनुभयो । 
 
यसअघि राष्ट्रसङ्घको शान्तिवार्ता मे १९ मा सकिएको थियो र सो वार्तामा सत्ताधारी दल र विद्रोही पक्षबीच राष्ट्रपति बसर अल असदको भविष्यसहित प्रमुख विषयमा ठूलो अन्तर देखिएपछि वार्ता स्थगित भएको थियो । विद्रोहीले वर्तमान राष्ट्रपतिले सत्ताको नेतृत्व छाड्नुपर्ने कुरालाई प्रमुख विषय बनाउँदै आएका छन् भने सरकारले यो मागलाई ठाडै अस्वीकार गर्दै आएको छ । 
 
सिरियामा छ वर्ष लामो द्वन्द्वका कारण तीन लाख २० हजार नागरिकको मृत्यु भइसकेको राष्ट्रसङ्घको तथ्याङ्क छ । साथै द्वन्द्वबाट मुलुकको झन्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ भने राष्ट्रव्यापी रुपमा ठूलो सङ्ख्यामा भौतिक संरचना ध्वस्त भएको छ । रासस÷एएफपी 
–––––– 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award