अन्तर्राष्ट्रिय

भारत, दक्षिण कोरिया अर्थ मन्त्रीस्तरीय बैठक सोलमा भारत, दक्षिण कोरिया अर्थ मन्त्रीस्तरीय बैठक सोलमा
सोल, १ असार ।
दक्षिण कोरिया र भारतका अर्थमन्त्रीको बैठक दक्षिण कोरियाकभो सोलमा बुधबार सम्पन्न भएको समाचार छ ।दुई देशबीच आर्थिक लगानी, समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गरी समन्वय र सहयोग बढाउने सम्बन्धका छलफल भएको दक्षिण कोरियाको अर्थ मन्त्रालयले बुधबार जानकारी दिएको छ । 
 
सोलस्थित एक हाटेलमा दक्षिण कोरियाली अर्थमन्त्री किम दोङ्ग योङ र भारतीय अर्थमन्त्री अरुण जेट्लीबीच सो भेटवार्ता भएको समाचारमा जनाइएको छ । 
 
यस बैठकलाई सोल नयाँ दिल्ली अर्थ मन्त्रीस्तरीय पाँचौँ बैठक नामाकरण गरिएको छ । गत शुक्रबार आफ्नो कार्यभार सम्हाल्नुभएका दक्षिण कोरियाली अर्थमन्त्री किमको यो नै पहिलो औपचारिक बैठक भएको बताइएको छ । 
 
दुई अर्थमन्त्रीबीच व्यापारिक वातावरण, निजी उद्योग, दक्षिण कोरियाको ९केएसपी० कार्यक्रम, आर्थिक लगानीका नयाँ क्षेत्रहरुको पहिचानका साथे एक अर्कामा सहयोग र समन्वय बढाउने विषयमा सहमति भएको जनाइएको छ । 
 
कोरियाली अर्थ मान्त्रालयका अनुसार आर्थिक विकाश सहयोग कोष ९इडिसिएफ० सँगआवद्ध गरी आयोजनाहरु सञ्चालन गर्नेगरी उहाँहरुबीच १ अर्ब अमेरिकी डलर बराबरको रकम परिचालनका विषयमा सम्झौतामा हस्ताक्षर भएको छ । 
यी दुई मन्त्रीहरुले भारतको चार आधारभूत विकासका परियोजनाहरु स्मार्ट सहर र रेलमार्ग निर्माणमा यो धनराशी प्रयोग गर्न सकिने बताइएको छ । 
 
आर्थिक सहयोगको मुद्दालाई प्रभावकारी बनाउनको लागि कम्तीमा एक बर्षमा एक पटक उच्चस्तरीय अधिकारीहरुबीच द्विपक्षीय वार्ता हुने पनि ती दुई नेताले निर्णय गर्नु भएको बताइएको छ । 
 
भारत दक्षिण कोरियाको आठौँ ठूलो निर्यात बजार भएको जनाइएको छ । सन् २०१६ मा भारतमा कोरियाको ११।६ अर्ब अमेरिकी डलर बराबरको निर्यात भएको जनाइएको छ । रासस÷योन्हाप 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award