अन्तर्राष्ट्रिय

इराकमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो इराकमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो
बग्दाद (इराक), ६ फागुन ।
इराकमा बिहीबार भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको इराकी प्रहरीले शनिबार जनाएको छ । घटनामा ६६ जना इराकी नागरिक घाइते भएका छन् । इराकको दक्षिणमा रहेको अलवाया क्षेत्रमा ५५ जनाको मृत्यु भएको र ६० जना घाइते भएको प्रहरीले बिहीबार जनाएको थियो । 
 
घटनाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । शुक्रबार बिहान आईएसद्वारा एक विज्ञप्ति जारी गरी आफ्नो समूहमा आवद्ध लडाकूले रोकी राखेको कारमा विस्फोट गराएको र सो विस्फोट ‘फिफ्थ पोलिस डिस्ट्रक्ट’ र सियाहरुको जमघटलाई लक्षित गरिएको जनाएको छ । रासस÷एपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Youth Dot Com

Started at: 12:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 13:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award