अन्तर्राष्ट्रिय

पाकिस्तानमा चार दिनमा सात विस्फोट, १०१ को मृत्यु पाकिस्तानमा चार दिनमा सात विस्फोट, १०१ को मृत्यु
इस्लामाबाद, ६ माघ ।
पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको मृत्यु भएको छ भने अरु ३०० जना भन्दा बढी घाइते भएका छन् । 
 
यसक्रममा पछिल्लो पटक बिहीबार बेलुका अर्को शक्तिशाली आत्मघाती बम आक्रमण भएको छ । 
पाकिस्तानको सिन्ध प्रान्तस्थित सूफी समाधिस्थलमा गरिएको सो आक्रमणमा परी कम्तीमा ७२ जनाको मृत्यु भएको छ । घटनामा अन्य २०० जना अन्य घाइते भएका प्रहरी अधिकारीहरुले जनाएका छन् । 
 
पाकिस्तानको जम्सोरो जिल्लामा पर्ने सेहवान सरहमा अवस्थित सन्तलाल शाहबाज कालन्दरको समाधिस्थलमा आक्रमण गरिएको थियो । 
 
प्रहरी उच्च अधिकारीहरुले युवा आत्मघाती बम आक्रमणकारीहरुले गराएको यो विस्फोट यस बर्षकै सवै भन्दा बढी दु्खदायी भएको बताएका छन् । उद्धार टोलीका प्रमुख फैसल इदीले घटनामा मृत्यु हुने मध्ये ४३ जना पुरुष, २० जना बालबालिका र ९ जना महिला रहेका जानकारी दिनुभयो । 
 
केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेकाले मृतकहरुको संख्या थप बढ्न सक्ने उहाँले बताउनु भयो । सेहवान र छिमेकी सहरहरुमा सङ्कटकालको घोषणा गरी घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । गम्भिर घाइतेहरुलाई थप उपचारका लागि विमानबाट कराँची लगिएको अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Shaja Sawal

Starts at: 21:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award