अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा आबेलाई ह्वाइट हाउसमा हार्दिक स्वागत ट्रम्पद्वारा आबेलाई ह्वाइट हाउसमा हार्दिक स्वागत
ह्वाइट हाउस, २९ माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हार्दिक स्वागत गर्दै आपसी सम्वन्धलाई थप घनिष्ट बनाउने बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्ध जनाउनुभयो। 
 
अमेरिका र जापानबीचको सम्वन्ध प्रशान्त क्षेत्रको शान्तिका लागि महत्वपूर्ण भएको ट्रम्पले बताउनुभएको थियो । भेटमा जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाबाट रहेको परमाणु खतरा दुवै देशका लागि उच्च प्राथमिकता भएको बताए । 
 
दुवै नेताले दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । भेटबार्तापछि भएको संयुक्त सम्मेलनमा ट्रम्पले जापानलाई एउटा महत्वपूर्ण र दृढ सहयोगीका रुपमा दुइपक्षीय सम्बन्धलाई थप निकट बनाउन प्रतिबद्धता जनाउनुभएको थियो। 
 
सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वकिनावा टापूसहित जापानका अन्य क्षेत्रमा अमेरिकी सेनाले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ । यस विषयमा पनि उहाँहरुकाबीचमा गम्भिर कुराकानी भएको बताइएको छ ।रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award