अन्तर्राष्ट्रिय

चीनमा भूकम्प जाँदा पाँच घाइते
कुन्मिङ्ग, २७ माघ ।
चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४।९ रिक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । 
 
तर भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो । 
 
सो भूकम्पको केन्द्रविन्दु लुदिआनको आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्पमा परी घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । 
 
सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी आएको ६।५ रिक्टर स्केलको भूकम्पमा परी ६१७ व्यक्तिको मृत्यु हुनुको साथै भारी मात्रामा सम्पत्ति क्षति भएको थियो । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Farak Drishtikod

Starts at: 08:30 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award