अन्तर्राष्ट्रिय

सोमालियामा पूर्वप्रधानमन्त्री राष्ट्रपतिमा निर्वाचित
मोगादिसु, २७ माघ ।
सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग भएको दोस्रो चरण सम्मको मतदानपछि उहाँ निर्वाचित हुनु भएको हो । 
 
दोस्रो चरणको मतदानमा फरमाजोले १८४ मत ल्याउनु भएको थियो भने उहाँका निकटम प्रतिद्धन्द्धी मोहम्मदले ९७ मत ल्याउनु भएको थियो । तेस्रो उम्मेदवारको रुपमा प्रतिश्पर्धामा रहनु भएका सरिफ सेख अहमदले ४५ मत मात्रै पाउनु भएको थियो । 
 
नवनिर्वाचित राष्ट्रपति फरमाजो सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री बन्नु भएको थियो । उहाँले आफुलाई निर्वाचनमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । फरमाजोसँग अमेरिकाको राहदानी छ भने उहाँले स्टेट युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गर्नु भएको छ । उहाँ विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुनुहुन्छ । 
 
त्यस बाहेक उहाँले न्युयोर्क राज्य, बफेलो नगरपालिका लगायतका अन्य विभिन्न निकायहरुमा पनि काम गर्नु भएको थियो । फरमाजोले प्रधानमन्त्रीबाट हटेपछि सन् २०११ मा सोमाली जस्टीस एण्ड इक्वालिटी पार्टी नामका नयाँ पार्टी खोल्नु भएको थियो । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award