अन्तर्राष्ट्रिय

पाकिस्तानमा भूकम्प पाकिस्तानमा भूकम्प
क्वेटा (पाकिस्तान), २६ माघ ।
बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगोर्लिक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ । 
 
तर भूकम्पबाट मानवीय र सम्पत्ती क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो । 
 
सो भूकम्पको केन्द्रविन्दु दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट २३ किलोमिटर टाढा रहेको छ । 
 
सन् २०१५ को अक्टोबरमा पाकिस्तानी र अफगानिस्तानको सीमा क्षेत्रमा गएको ७.५ रिक्टर स्केलको भूकम्पबाट करिब चार सय व्यक्तिको मृत्यु भएको थियो । 
 
सन् २००५ को अक्टोबर ८ मा पाकिस्तानको नियन्त्रित काश्मिरमा गएको ७.६ रिक्टर स्केलको भूकम्पबाट करिब ७३ हजार व्यक्तिको मृत्यु भएको थियो । 
 
यस भूकम्पको कारण करिब तीन लाख ५० हजार व्यक्ति घरवारविहिन भएका थिए । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award