अन्तर्राष्ट्रिय

अमेरिकाको भविष्य महिला हुन् : हिलारी क्लिन्टन अमेरिकाको भविष्य महिला हुन् : हिलारी क्लिन्टन
कालिफ (अमेरिका), २५ माघ ।
 सन् २०१६ को अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले मङ्गलबार एक भिडियो सन्देश जारी गर्दै विश्वको भविष्य महिला भएको बताउनुभएको छ । 
 
गत महिना दशौँ लाख महिलाद्वारा गरिएको प्रदर्शनले महिला अब आफ्नो अधिकारका लागि मात्र सङ्घर्ष गर्ने नभएर विश्वको नेतृत्व लिन अग्रसर हुने बताउनुभयो । साहसी महिला अब अघि बढ्नु पर्छ र बोल्नुपर्छ भन्दै उहाँले किशोरी र महिला अब विश्वको भविष्यका लागि चिन्तित हुन आग्रह गर्नुुभएको छ । 
 
सन्देश सोमबार सुरु भएको तीनदिने ‘मेकर्स’ सम्मेलनका अवसरमा तयार पारिएको थियो । सम्मेलनमा अमेरिकाका उच्च पदस्थ राजनीतिकर्मी, सिने कलाकार र व्यवसायीहरुको सहभागिता रहेको छ । रासस÷एपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award