अन्तर्राष्ट्रिय

इजरायलको बस्ती विस्तारसम्बन्धी कानुन सीमा बाहिर: राष्ट्रसङ्घ इजरायलको बस्ती विस्तारसम्बन्धी कानुन सीमा बाहिर: राष्ट्रसङ्घ
जेरुसेलम (इजरायल), २५ माघ । 
इजरायलद्वारा पास गरेको विवादित भूमिमा यहुदी बस्ती विस्तारसम्बन्धी कानुनले सीमारेखा पार गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले यस कार्यको आलोचना गरेको छ । 
 
संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति मामिला हेर्ने प्रतिनिधि निकोले म्लादेनोभले सोमबार राति इजरायली संसदले पास गरेको प्यालेस्टिनीको निजी जमिनमा यहुदी बस्ती बसाउने निर्णयलाई ‘साह्रै खतरनाक नमुना’ भएको बताउनुभएको छ । 
 
संसदको निर्णयलाई प्यालेस्टिनी नागरिकले ‘वैधतापूर्ण चोरी’ भएको भनी आक्रोश व्यक्त गरेका छन् । “इजरायलको संसद (क्नेसेट) ले प्यालेस्टिनी जनताको इजरायलद्वारा ओगटिएको निजी भूमि र खासगरी सम्पत्तिका विषयमा पहिलो पटक कानुन बनाएको बताउँदै यसले ‘रेड लाइन’ पार गरेको छ” म्लादेनोभले एएफपीसँगको कुराकानीमा बताउनुभयो । 
 
इजरायलको नयाँ कानुनले पूर्वी जुरुसेलम र वेस्ट बैंकसम्म इजरायलको उपस्थितिलाई आवश्यक भएको पुष्टि गर्ने प्रयास गरेको र यसले दुई देशीय समाधानको मुद्दालाई कमजोर तुल्याएको उहाँले बताउनुभयोे । 
 
नयाँ कानुनले प्यालेस्टिनीको निजी जमिनमा इजरायली यहुदी समुदायको बस्ती विस्तार राज्यद्वारा अनुमति प्राप्त गरी भएको र सो जमिन प्यालेस्टिनीको निजी सम्पत्ति भएको जानकारी नभएको भन्दै बस्ती विस्तार ठिक भएको पुष्टि गरिएको छ । रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award