अन्तर्राष्ट्रिय

भारतको एक तेल मिलमा नौ जनाको मृत्यु भारतको एक तेल मिलमा नौ जनाको मृत्यु
नयाँदिल्ली, १८ माघ । 
पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तीमा नौ जना कामदारको मृत्युभएको छ । 
 
महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । नौ जना कामदारको तेलमिलभित्रै मृत्यु भएको सो स्रोतले जनाइएको छ । 
 
राति घटनाभएपछि ट्याङ्कीबाट सात जनाको शव र मङ्गबार विहानै थप दुई जनाको शव निकालिएको लातुर औद्यौगिक क्षेत्रका एक प्रहरी अधिकृतले मङ्गलबार जानकारी दिएका छन् । 
 
 
अर्का एक जनालाई भने जीवितै उद्धार गरिएको र नजिकैको स्वास्थ्य संस्थामा उपचार गराइएको उहाँले जानकारी दिनुभयो । उनको विवेकानन्द अस्पतालमा उपचार भईरहेको छ,” ती प्रहरी अधिकारीले जनाएका छन् । 
 
प्रहरीले घटनाका दोषी पत्ता लगाई कारबाही गर्न मुद्दा दर्ता गरेको छ । मिलका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award