- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्ने क्षेप्यास्त्र परीक्षण गर्यो
प्योङयाङ, २६ वैशाख । उत्तर कोरियाले हालै विकास गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र पनडुब्बीबाट सफल परीक्षण प्रक्षेपण गरेको शनिबार जानकारी दिएको छ । यो यस मुलुकको प्रगतिशील सैनिक क्षमताको पछिल्लो प्रदर्शन भएको ठानिएको छ । दक्षिण कोरियाली अधिकारीहरूले यसअघि उत्तर कोरियाले पानीमुनिबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्रविधि विकास गरिरहेको जानकारी दिएको थियो । यसअघि उत्तर कोरियाले पनडुब्बीबाट नभई भूमि वा पानीको माथिल्लो सतहबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको विश्वास गरिएको थियो ।
भूमिबाट प्रक्षेपण गर्ने क्षेप्यास्त्र प्रक्षेपण गर्नुपूर्व जानकारी प्राप्त गर्न सकिने तर पानीबाट प्रक्षेपण गरिने क्षेप्यास्त्र प्रक्षेपण गर्नुपूर्व थाहा पाउन नसकिने भएकाले उत्तर कोरियाले पनडुब्बीबाट क्षेप्यास्त्र प्रक्षेपण गर्ने क्षमता प्राप्त गर्नु खतराजन्य विकास भएको विशेषज्ञहरूले ठानेका छन् । उत्तर कोरियासँग भूमिमा आधारित ब्यालेस्टिक क्षेप्यास्त्रका पर्याप्त भण्डार रहेको छ र उसले यस्ता क्षेप्यास्त्रमा पारमाणविक क्षमता कायम गर्ने प्रयास गरिरहेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रूपमा उक्त क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गर्न आदेश दिनुभएको र उहाँले त्यसलाई विश्वस्तरको रणनीतिक हतियारको रूपमा लिनुभएको बताइएको छ । त्यसलाई उहाँले अन्य मुलुकका लागि आँखा खोलिदिने सफलताको रूपमा लिनुभएको उत्तर कोरियाको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले उल्लेख गरेको छ । समाचारमा उक्त क्षेप्यास्त्र प्रक्षेपणको समय तथा स्थान उल्लेख गरिएको छैन ।
नेता किमले उत्तर कोरियासँग अब उसको सार्वमौमसत्ता तथा सम्मानमा हस्तक्षेप गर्ने आक्रमणकारी शक्तिलाई कुनै पनि जलक्षेत्रमा आक्रमण गर्न र नष्ट गर्न सक्षम हतियार भएको दाबी गर्नुभएको बताइएको छ । रोदोङ सिनमुन समाचारपत्रले पनडुब्बी जस्तो देखिने सतहबाट प्रक्षेपण भएको क्षेप्यास्त्रका साथमा किमको मुस्कुराइरहेको चित्र प्रकाशन गरेको छ ।
उक्त परीक्षण पूर्वी तटीय नगर सिनपोबाट गरिएको अनुमान गरिएको छ । उक्त क्षेत्रको स्याटलाइटबाट लिइएको चित्रमा उक्त अवस्था हालै देखिएको थियो । यी विश्लेषण अमेरिकी अनुसन्धान संस्थाले गरेको हो । स्याटलाइटका चित्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण स्थल बनाइरहेको र त्यसलाई पनडुब्बीमा जडान गरिरहेको देखाइएको थियो । केसीएनएले एक पृथक समाचारमा नेता किमले सिनपोमा माछापालन सुविधाको भ्रमण गर्नुभएको उल्लेख गरेको थियो ।
सोलमा रहनुभएका सुरक्षा विशेषज्ञ तथा दक्षिण कोरियाको सैनिक सल्लाहकार युके याङले धेरै क्षेप्यास्त्र बोक्ने र त्यसलाई प्रहार गर्ने गरी ठूलो पनडुब्बी उत्तर कोरियासँग नभएको बताउनुभएको छ । उहाँले उत्तर कोरियाले खतरनाक हतियारका प्रविधिमा प्रगति गरेको विषय भने अस्वीकार गर्न नसकिने बताउनुभयो ।
३८ नर्थ नाम गरेको वेबसाइटलाई जोन हपकिन्स स्कुल अफ एडभान्स इन्टरनेसनल स्टडिजमा युएस–कोरिया इन्स्टिच्युटले सञ्चालन गरिरहेको छ । यस संस्थाले उत्तर कोरियासँग पुराना तथा आक्रमण गर्दा जोखिममा पर्ने पनडुब्बी भए पनि त्यसले दक्षिण कोरिया, जापान, पूर्वी एसियामा अमेरिकी केन्द्रका लागि नयाँ चुनौती दिने उल्लेख गरेको छ । रासस/एपी
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





