अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा बम विस्फोट गराउन खोज्नेको योजना असफल
कालिका वैशाख २६– 
 
अष्ट्रेलियाली प्रहरीले एक १७ वर्षीय युवकलाई आतंकवादसंग सम्बन्धित आरोपमा पक्राउ गरेको छ । प्रहरीकाले उनलाई मेलबर्न नजिक पक्राउ गरेको हो ।
 
 ती युवकले शहरमा तीन बम विस्फोट गराउन खोज्ने योजनाकारको नाम दिएका छन् । प्रहरीले हिजो ग्रीनवेल इलाकामा रहेको एक घरमा छापा मारेको थियो । 
 
पक्राउ गरिएको यस युवकको पहिचान अहिले सार्वजनिक भने गरिएको छैन । तर सोमवार ती युवकलाई अदालतमा पेश गरिने बीबीसीले जनाएको छ ।
 
प्रधानमन्त्री टोनी एबोटले दिएको जानकारी अनुसार त्यहाँ बम विस्फोट गर्ने योजना बुनिएको प्रमाण भेटिएको थियो ।
 
 तर यस विस्फोटको निशाना को थियो भन्ने प्रहरीले पुष्टि गर्न सकेको छैन । मेलबर्नमा मात्रै पछिल्ला महिना पाँच जनालाई हिरासतमा लिसकिएको छ ।  ( एजेन्सीको सहयोगमा ) 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award