अन्तर्राष्ट्रिय

बेलायतमा कन्जरभेटिभ पार्टीको अग्रता
लन्डन, २५ वैशाख ।
बेलायतमा बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले अग्रता लिएको छ । बेलायतमा बिहीबार संसदका लागि नयाँ निर्वाचन भएको थियो । 
 
सो निर्वाचनका प्रारम्भिक नतिजाहरुले दिएको सङ्केतमा कन्जरभेटिभ पार्टीले अग्रता लिएको पाइएको छ । सो निर्वाचनका प्रारम्भिक सर्वेक्षणहरुले पनि यस्तो नतिजाको अपेक्षा गरेका थिए । 
 
यस निर्वाचनमा बेलायतको सत्ताधारी दल कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गर्नसक्ने देखिएको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ । 
 
बेलायतका वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनको सो पार्टीले नै आगामी कार्यकालका लागि पनि बेलायती संसदमा बाहुल्यता हातपार्नसक्ने अनुमानहरु सार्वजनिक भएका छन् । 
 
बेलायतको संसद हाउस अफ कमन्सको ६५० स्थानका लागि भएको सो निर्वाचनमा अहिलेसम्ममा भएको मतगणनामा कन्जरभेटिभ पार्टीको अग्रता देखिएको छ । 
 
प्रधानमन्त्री क्यामरुन शुक्रबार बिहान निकै नै खुशी देखिनुभएको थियो । उहाँले आफु उठेको निर्वाचन क्षेत्र दक्षिणी बेलायतको विट्नी निर्वाचन क्षेत्रमा आफुले विजय हासिल गरेको जानकारी आफ्ना समर्थकहरुलाई गराउनुभएको थियो । 
 
उहाँले भन्नुभयो– हामीलाई लाग्छ कि यो हाम्रालागि सबैभन्दा कडा प्रतिश्पर्धाको समय रहेको छ र यस रात्रि हाम्रोलागि एक निर्णायक भएर रहेको छ । 
 
शुक्रबार बिहानसम्म ५०० भन्दा केहीमात्र बढी स्थानको ततिजा सार्वजनिक भइसकेका छन् । यो परिणाम सार्वजनिक हुदासम्म उक्त दलले २३२ स्थान हात पारिसकेको छ । 
 
बेलायतमा ६५० स्थानका लागि बिहीबार निर्वाचन भएको हो । सो निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्नका लागि कुनैपनि दलले ३२६ स्थान जित्नुपर्नेहुन्छ । 
 
यसअघि सन् २०१० मा भएको आमनिर्वाचनमा पनि कन्जरभेटिभ पार्टीले बढी स्थान जितेको थियो । सो दलले ३०७ स्थान जितेको थियो । तरपनि उसले स्पष्ट बहुमत भने हातपार्न सकेको थिएन । 
 
आफ्नो दलले निर्वाचन जित्नेभएपछि प्रधानमन्त्री क्यामरुनले भन्नुभयो– हामी यो अवस्थामा यो घोषणा गर्न चाहन्छौँ कि हामी सबैभन्दा अगाडि छौँ र यसबेला अब बन्ने सरकारका लागि पनि हामी सही नेतृत्वको प्रतिबद्धता गर्न चाहन्छौँ । 
 
त्यहाँको प्रमुख विपक्षी दल लेबर पार्टी भने कमजोर देखिएको छ । स्कटिस् नेशनल पार्टीले यसअघिको भन्दा बलियो स्थान बनाउनेजस्तो देखिएको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
लेबर पार्टीका नेता एड मिलिब्यान्डले निर्वाचनपछि भन्नुभएको थियो– आजको रात्रि हाम्रा लागि निकै नै निराशापूर्ण रहने छ, हाम्रो पक्षमा परीणाम आउने धेरै थोरैमात्र सम्भावना देखिएको छ । 
 
क्यामरुनको सत्ताधारी सहयात्री दल लिबरल डेमोत्र्mयाटिक दलले भने यस निर्वाचनमा अकल्पनीय हार व्यहोर्नुपरेको छ । अहिलेसम्मका परिणामहरुले सो कुराको संकेत गरिरहेका छन् । रासस÷एपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award