अन्तर्राष्ट्रिय

पटाका कारखाना विस्फोटमा एघारको मृत्यु
नयाँ दिल्ली, २४ वैशाख । पूर्वी भारतीय राज्य पश्चिम बङ्गलामा बिहीबार एक पटाका कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ । 
 
पश्चिम मिद्नापोरे जिल्लाको पिङ्गला क्षेत्रमा अवस्थित सो पटाका कारखाना विस्फोटमा परी महिला र बालबालिकासहित ११ को मृत्यु भएको बताइएको छ । 
 
सो घटानमा परी अन्य सात जना घाइते भएका र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने पनि प्रहरी निरीक्षक भारती घोषले बताएका छन् । 
 
विस्फोटनको विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको, तर कारण अनुसान्धानरत रहेको बताइएको छ । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award