अन्तर्राष्ट्रिय

नेपाललाई दोब्बर सहायता उपलब्ध गराउन पूर्वराष्ट्रपति कार्टरको आग्रह
काठमाडौँ, २२ वैशाख । 
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले नेपालको पुनः निर्माण तथा दीर्घकालीन सहायताको स्पष्ट योजना तयारीका निम्ति आफ्ना प्रयास र सहायतालाई दोब्बर गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । 
नेपालको दीर्घकालीन विकास र पुनः निर्माणका कामको सफलता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायबाट त्यस्तो सहयोग अपरिहार्य भएको र नेपालका राजनीतिक दलले पनि राजनीतिक मतभेद अन्त्य गर्न नेता गणले सहकार्य गर्नु महत्वपूर्ण भएको कार्टर सेन्टरले आज साँझ एटलान्टाबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
“तत्कालका लागि आकष्मिक मानवीय सहायता र दीर्घकालीन रुपमा पहिलेकै अवस्थामा आउन नेपाललाई दिगो अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक भएको छ । अहिलेको विषम परिस्थितिमा नेपालको राजनीतिक नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । शान्ति प्रक्रियालाई सुदृढ तुल्याउँदै यसैवर्ष नयाँ संविधानलाई अन्तिम रुप दिन राजनीतिक नेतृत्वले सहकार्य र सहमति गर्नुपर्छ, ”– विज्ञप्तिमा पूर्व राष्ट्रपति कार्टरले भन्नुभएको छ । रासस 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award