- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
भारतको उत्तरपूर्वी भागमा विद्रोहीको आक्रमणमा आठ सैनिकको मृत्यु
गुवाहाटी भारत, २१ वैशाख ।
भारतको उत्तरपूर्वी दुर्गम भागमा अर्धसैनिक एक समूहमाथि सशस्त्र पृथकतावादी विद्रोहीले गरेको छापामार आक्रमणमा आठ सैनिकको मृत्यु भएको तथा अन्य छ घाइते भएको जानकारी अधिकारीहरूले सोमबार दिएका छन् ।
म्यानमारसँगको सीमानजिकै रहेको अविकसित नागाल्यान्डमा आइतबार लडाकूहरूले अर्धसैनिक समूहमाथि गोली प्रहार गर्नाका साथै एक सानो बम विस्फोट गराएको उक्त राज्यका प्रहरी प्रमुखले बताए ।
नागाल्यान्डका प्रहरी प्रमुख एलएल दौङ्गेलले आठ सैनिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य छ व्यक्ति गम्भीर रूपमा घाइते भएको बताउनुभयो ।
असम राइफलका अन्य चार सैनिक अझै हराइरहेको र उक्त क्षेत्रमा खोजी कार्य भइरहेको बताइएको छ । घटना राज्यको केन्द्र कोहिमाबाट २०० किलोमिटर उत्तरमा भएको एक अधिकारीले बताए ।
प्रहरीले उक्त आक्रमण प्रतिबन्धित नेसनल सोसियलिस्ट काउन्सिल अफ नागाल्यान्डले गराएको आशङ्का गरेको छ । यो समूह दशकौँदेखि आदिवासी नागा समुदायका लागि पृथक गृहराज्य स्थापना गर्ने अभियानमा रहेको छ ।
गत महिना यस काउन्सिलका एक समूहले नयाँ दिल्ली आफ्नो आन्दोलनको माग पूरा गर्नेतर्फ गम्भीर नभएको आरोप लगाउँदै उनीहरूले गरेको युद्धविराम फिर्ता लिएको थियो ।
उक्त अर्धसैनिक समूह नजिकैबाट खानेपानी लिएर दुई गाडीमा फर्किरहेको अवस्थामा उक्त आक्रमण भएको प्रहरी प्रमुखले बताउनुभयो ।
दौङ्गलले सैनिकले पनि प्रतिकारमा गोली प्रहार गरेको र लडाकूको पक्षमा कुनै क्षति भएको विषयमा थाहा हुननसकेको बताउनुभयो । उहाँले उक्त स्थानमा रहेको घना वन क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरिएको बताउनुभयो ।
भारतको उत्तरपूर्वी सात राज्य विद्रोही हिंसाबाट प्रभावित छन् । त्यहाँ दर्जनौँ आदिवासी समूह तथा साना छापामार लडाकू समूह क्रियाशील छन् र उनीहरूले नयाँ दिल्लीको शासनको प्रतिरोध गरेका छन् र कहिलेकाँही एकअर्कासँग पनि सङ्घर्ष गरेका छन् । रासस/एएफपी
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





