अन्तर्राष्ट्रिय

इबोलापछि स्वास्थ्य सेवाको चिन्ता
मोनरोभिया, २० वैशाख ।
पश्चिमी अफ्रिकी देशहरुमा गतवर्ष सुरु भएको इबोलाको महामारी नियन्त्रणमा आएको छ । तर यसपछिको स्वास्थ्यको अवस्थाको चिन्ता सर्वत्र छाएको छ । 
 
इबोला रोगको सङ्क्रमणका कारण क्षतविक्षत बन्न पुगेका ती देशका स्वास्थ्य संस्थाहरुको संस्थाको पुनः स्थापनाको काम सुरु भएको अधिकारीहरुले बताएका छन् । 
 
इबोला सङ्क्रणका कारण निकै ठूलो क्षति पुगेका क्षेत्रमा अबभने स्वास्थ्यको संरचना स्थापनाको काम विभिन्न दाता राष्ट्रतथा संस्थाहरुको सहयोगमा सुरु भएको बताइएको छ । 
 
ती संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको उपस्थिति नरहने तथा आवश्यक पूर्वाधार पनि नभएको बताइएको थियो । उपचारमा सम्लग्न व्यक्तिलाई नै सङ्क्रमण हुने खतराका कारण सो अवस्था आएको थियो । 
 
विभिन्न सहयोगी सङ्घसंस्था एवम् दातृ राष्ट्रको सहयोगमा यो कार्य सुरु भएको हो । लाइबेरिया सबैभन्दा बढी प्रभावित पश्चिम अफ्रिकी मुलुक मध्येको एक हो । 
 
सन् २०१३ को डिसेम्बर महिनामा देखापरेको यो सङ्क्रमणका कारण कम्तीमा पनि दश हजार ६०० जनाको ज्यान गएको थियो । त्यसमा करिब ५०० जना त स्वास्थ्यकर्मी नै थिए । 
 
हाल यस रोगको सङ्क्रमण दर घटिसेको छ । अब यसको पहिचानको विधि पनि यसअघिको भन्दा चाँडै गर्नसकिने गरी पत्ता लागिसकेको छ भने उपचारका क्रममा स्वास्थ्यकर्मीलाई असर नपर्ने तरिकाहरुको आविश्कार भइसकेको छ । रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award