अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री केरीद्वारा मेलमिलापमा जोड
कोलोम्बो, २० वैशाख ।
अमेरिकी विदेशमन्त्री जोन केरीले हाल श्रीलङ्कामा तामिल टाइगर्ससँगको मेलमिलापका लागि गरिएका अपिलहरुका विषयमा धारणा राख्दै यसका लागि समय लाग्ने बताउनुभएको छ । 
 
शानिबार श्रीलङ्ककाको भ्रमणमा पुग्नु भएका केरीले विगतमा दशकौँदेखि जारी रहेको यस्तो हिंसाको व्यवस्थापनका लागि समय लाग्ने बताउनुभएको हो । 
 
उहाँले भन्नुभयो– यस्तो कामका लागि समय लाग्छ किनभने वास्तविक मेलमिलाप सजिलै र एकै पटक हुने प्रक्रिया होइन । उहाँले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारलाई अल्पसङ्ख्यक तामिलहरुसम्म पुग्नका लागि आग्रह पनि गर्नुभयो । 
 
तामिल टाइगर्सको जातीय आन्दोलनका कारण श्रीलङ्कामा करिब तीन दशक लामो सशस्त्र विद्रोह भएको र त्यसमा परी करिब एक लाख नागरिकले ज्यान पनि गुमाएका थिए । 
 
हाल श्रीलङ्काको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री केरीले भन्नुभयो– पक्का पनि श्रीलङ्कामा शान्ति आएको छ तर पनि वास्तविक रुपमा मेलमिलाप नै आउनका लागि भने समय लाग्ने छ । 
उहाँले श्रीलङ्कामा न्याय, उत्तरदायित्व र मानवअधिकारका लागि गम्भीर बन्न वर्तमान सरकारलाई आग्रह पनि गर्नुभयो । साथै हाल पनि श्रीलङ्कामा राजनीतिक बन्दीका रुपमा कयौँ व्यक्ति थुनामा रहेकोले उनीहरुको रिहाइका लागि पनि सरकारसँग उहाँले आग्रह गर्नुभयो । 
 
श्रीलङ्कामा सन् २००९ मा भएको कारबाहीमा तामिल टाइगर्सको विद्रोहको अन्त्य भएको थियो । सो अन्त्यसँगै त्यहाँ महिन्दा राजापाक्छेको सरकार सुरु भएको थियो । सो सरकारले पनि त्यहाँ गर्ने भनेको तामिल टाइगर्ससँगको मेलमिलापको काम गर्न सकेको छैन ।
 
उक्त अल्पसङ्ख्यक जातीले अहिले पनि आफ्नो अधिकारको माग गरिरहेको छ । रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award