अन्तर्राष्ट्रिय

गठबन्धनले सिरियामा आक्रमण गर्दा बाउन्न नागरिकको मृत्यु
बेरुत, १९ वैशाख ।
 सिरियाको उत्तरी एक गाउँमा इस्लामिक स्टेट समूहलाई लक्ष्य बनाइ अमेरिकी नेतृत्वमा गरिएको हवाई आक्रमणमा कम्तीमा ५२ व्यक्तिको मृत्यु भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शनिबार दिएको छ । 
 
अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले गठबन्धनले अलेपोको बिरमहलमा गरेको हवाई आक्रमणमा शुक्रबार ५२ नागरिकको मृत्यु भएको जानकारी दिनुभयो । 
 
उहाँले सात बालबालिकाको मृत्यु भएको र १३ अझै पनि भग्नावशेषमा पुरिएको बताउनुभयो । 
 
उहाँले कुर्द लडाकू तथा सिरियाली विद्रोही दुई किलोमिटर पर आईएसका लडाकूसँग सङ्घर्ष गरिरहेको जानकारी दिनभयो । 
 
उहाँले बिरमहलमा नागरिक मात्र बसोबास गर्ने गरेको र त्यहाँ आईएसका विरोधी पनि नरहेको तथा द्वन्द्वपनि नभएको बताउनुभयो । 
 
उहाँले उक्त गाउँमा आईएसका एउटा पनि लडाकूको मृत्यु नभएको बताउनुभयो । उहाँले नजिकैको गाउँमा भएको आक्रमणमा भने कम्तीमा सात जिहादीको मृत्यु भएको उल्लेख गर्नुभयो । 
 
अमेरिकी नेतृत्वमा गठबन्धनले गरेको हवाई आक्रमणले अलेपो प्रान्तमा जिहादीसँग युद्ध गरिरहेको कुर्द लडाकूलाई सहयोग गरेको छ । 
 
यस्ता हवाई आक्रमणको सहयोगका कारण जनवरीमा कुर्द लडाकूले आईएसलाई कोबानेबाट भगाउन सफलता प्राप्त गरेको थियो । 
 
बेलायतमा केन्द्रीय कार्यालय रहेको अब्जरभेटरीले यस हवाई आक्रमणमा कूल दुई हजार व्यक्तिको मृत्यु भएको र त्यसमा एक हजार ९२२ आईएसका लडाकू भएको जानकारी दिएको छ । रासस/एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award