अन्तर्राष्ट्रिय

विवाहको जन्तीका बाह्रको मृत्यु
अलिपुरदौर (भारत), १८ वैशाख । 
 
पश्चिम बङ्गालको मदारीहाटनजिकै राष्ट्रिय राजमार्ग ३१ मा एक ट्रकसँग विवाहको जन्ती लिएको गाडी ठक्कर खाँदा दुलहा र दुलहीसहित १२ व्यक्तिको मृत्यु भएको भएको छ र यस दुर्घटनामा अन्य छ व्यक्ति घाइते भएका छन् । 
 
उक्त गाडीमा विवाहका जन्तीका १८ व्यक्ति रहेको र उनीहरूले विवाहपछि बीरपाराबाट फर्किरहेको प्रहरी सुपरिन्टेन्डेन्ट आकाश मेघारियाले बताउनुभयो । 
 
मेघारियाले दुलहा, दुलहीका साथमा १२ व्यक्तिको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । घाइते भएका छ व्यक्तिको अवस्था गम्भीर भएकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको जानकारी दिइएको छ । रासस/पीटीआई 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award