अन्तर्राष्ट्रिय

बोको हरामका अनेकौँ कमान्डर मारिए, अपहरित तीनसय महिलाको उद्धार
अबुजा, १८ वैशाख ।
बोको हरामका कयौँ कमान्डर सैनिक कारबाहीका क्रममा मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी भागमा रहेको बोर्नो राज्यको साम्बिसा जङ्गलमा बोको हरामका प्रमुख शिविरमा सैनिक कारवाही हुँदा ती कमान्डर मारिएका हुन् । 
 
बिहीबार सो जङ्गलमा सेनाले गरेको कारबाहीका क्रममा बोको हरामका ती कमान्डर मारिएका हुन् । साम्बिसा जङ्गलमा उनीहरूले सञ्चालन गरी आएको तालिम केन्द्रलाई पनि सेनाले ध्वस्त पारिदिएको छ । 
 
नाइजेरियाली सेनाका प्रवक्ता कर्णेल सानी उस्मानले सो जङ्गलमा रहेका उनीहरूको आश्रयस्थल, तालिम केन्द्रका साथै उनीहरूका थुपै्र संरचना ध्वस्त बनाएको जानकारी दिनुभयो । 
बोको हरामले अपहरण गरी सो शिविरमा राखेका करिब ३०० महिलाको पनि सो क्रममा उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । अपहरणमुक्त ती महिलालाई सुरक्षितस्थल लगिएको जानकारी उहाँले दिनुभयो । राससरसिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award