अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पहिरोपछि हराइरहेका बाउन्न व्यक्तिको मृत्यु भएको आशङ्का
काबुल, १५ वैशाख ।
अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एक पहिरोले एक गाउँ बगाउँदा कम्तीमा ५२ व्यक्ति हराइरहेको र उनीहरूको मृत्यु भएको आशङ्का गरिएको जानकारी अधिकारीहरूले दिएका छन् । 
 
बदख्सान प्रान्तको ख्वाहान जिल्लामा गएको पहिरोका कारण २५ महिला तथा २२ बालबालिका हराएको उक्त प्रान्तका प्रशासकीय उपप्रमुख गुल मोहम्मद बिदरले बताउनुभयो । 
 
उहाँले आफूहरूले काबुललाई सहयोगका लागि आग्रह गरेको र उनीहरूले उद्दार कार्यमा सहयोग गर्न दुई हेलिकप्टर पठाउन लागेको जानकारी दिएको बताउनुभयो । 
 
ख्वाहान जिल्ला ताजिकिस्तानको सीमामा रहेको दुर्गम क्षेत्र हो । यहाँसम्म पुग्ने मार्ग वर्षमा छ महिनाका लागि बन्द हुने उहाँले जानकारी दिनुभयो । 
 
बदख्सानका प्रहरी प्रवक्ता लाल मोहमद अहमदजाइले ती व्यक्ति हराएको पुष्टि गर्नुभयो । 
 
घटनाको प्रारम्भिक सूचनमा करिब १०० घर नष्ट भएको र ५२ व्यक्ति हराइरहेको देखिएको बताउनुभयो । 
 
गत वर्ष मे महिनामा बदख्सानको एक दुर्गम गाउँमा घना वर्षापछि गएको पहिरोका कारण कम्तीमा ३०० व्यक्तिको मृत्यु थियो । 
 
यस पहिरोका कारण ताजिकिस्तान, चीन तथा पाकिस्तानको सीमामा पर्ने आर्गु जिल्लामा सयौँ व्यक्ति आश्रयविहीन भएको बताइएको छ । राससरएएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award