अन्तर्राष्ट्रिय

थप चिनियाँ स्वदेश फर्काउँदै चीन
बेइजिङ, १५ वैशाख ।
नेपालमा गत शनिबार गएको भूकम्पमा परी अलपत्र परेका चिनियाँ नागरिकलाई चीन सरकारले नेपालबाट स्वदेश फर्काउँदै गरेका समाचारमा जनाइएको छ । 
 
नेपालमा कम्तीमा पनि चार हजार जना चिनियाँ पर्यटक अलपत्र परेको समाचारमा जनाइएको थियो । सोमबार राति सम्ममा चिनियाँ विमानले कम्तीमा पनि एक हजार ८०० चिनियाँ नागरिक स्वदेश फर्काएको जनाएको छ । 
 
नेपालमा शनिबार र त्यसपछि पनि निरन्तर रुपमा जारी रहेको भूकम्पका कारण ती चिनियाँ पर्यटक अलपत्र परेका थिए । अलपत्र पर्नेमा कतिपय पदयात्राका लागि गएका चिनियाँ पनि रहेका बताइएको छ । 
 
चिनियाँ हवाई अधिकारीहरूले ती अलपत्र पर्यटकलाई स्वदेश फर्काउने कामका लागि मङ्गलबारका लागि थप चारवटा उडान राखिएको जनाएका छन् । 
 
नेपाल र चीनका बीचमा सोमबार १४ वटा उडान भरिएको र त्यसमा एक हजार ८०० जना चिनियाँलाई बेइजिङ पु¥याइएको थियो । 
 
नेपालमा गत शनिबार गएको सो भूकम्पमा परी मृत्यु हुने नेपाली नागरिकको सङ्ख्या चार हजार नाघेको छ । सो भूकम्पका कारण चारजना चिनियाँको पनि मृत्यु भएको छ । 
 
चिनियाँ हवाई उड्डयन प्राधिकरण अधिकारीहरूले नेपालमा अलपत्र परेका चिनियाँ नागरिकलाई चीन फर्काउनका लागि थप विमानहरूको व्यवस्था गर्न तथा उद्वारको कार्य चुस्त रुपमा अघि बढाउन आग्रह गर्नुभएको छ । 
 
नेपालमा भूकम्पमा परेका नागरिकको उद्वारका लागि चीनले भूकम्पका विज्ञहरूको ६२ सदस्यीय टोली काठमाडौं पठाएको जनाएको छ । त्यसमा छ कुकुर पनि छन् । 
 
ती कुकुरले भूकम्पमा परी पुरिएका व्यक्तिको बारेमा जानकारी दिनेछन् । भूकम्पबाट भग्नावशेष बनेका घरमा मानिस पुरिएर रहे नरहेका बारेमा ती कुकुरले सूचना दिनेछन् । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award