अन्तर्राष्ट्रिय

नाइजेरियामा दर्जनौँको शव भेटियो
मोगादिसु, १५ वैशाख ।
नाइजेरियाको उत्तरपूर्वी सहर दामासाकको एक घरमा दर्जनौँ शव भेटिएका छन् । अज्ञात व्यक्तिका ती शव हत्या गरी सो स्थानमा गाडिएको हुनसक्ने बताइएको छ । 
 
दामासाक सहरमा पाइएका ती शव बोको हरामले हत्या गरिएका व्यक्तिको हुनसक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।
 
उक्त क्षेत्रको एक घरमा र एक स्थानीय नदीमा पनि शवहरू यत्रतत्र छरिएको अवस्थामा पाइएको समाचारमा जनाइएको छ । 
 
गएको शनिबार पनि सो नगरको एक स्थानमा गाडिएको अवस्थामा २० वटा शव भेटिएको थियो । एकजना स्थानीय माहम्मद सादिकले ती शव देखेका थिए । 
 
एक समाचारअनुसार सो स्थानमा गाडिएका र घरभित्र पाइएका गरी कम्तीमा पनि ४०० वटा शव भेटिएका छन् । जसका कारण सो क्षेत्र अत्यन्तै तनावपूर्ण रहेको अधिकारीहरूले जनाएका छन् । 
 
सो क्षेत्र नाइजेरियाको बोर्नो राज्यमा पर्दछ । तर बोर्नो राज्यका अधिकारीहरूले भने ती शवको बारेमा कुनै समाचार नरहेको बताएका छन् । 
 
गएका केही समयदेखि सो क्षेत्रमा बोको हरामको आतङ्क व्यापक बन्दै गएको बताइन्छ । त्यसैले यस हत्यामा पनि उनीहरूकै हात रहेको प्रहरीले जनाएको छ । रासस÷एएफपी 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award