अन्तर्राष्ट्रिय

भूकम्पबाट भारतमा पनि ६२ को मृत्यु उद्धारको कार्य तीव्र
नयाँ दिल्ली, १४ वैशाख ।
भारतको पूर्वी तथा उत्तरी क्षेत्रमा आइतबार राति र सोमबार बिहान पनि भूकम्पका कयौं धक्का महसुश गरिएको बताइएको छ । भारतको उत्तरी–पूर्वी भागमा नेपालमा गत शनिबारको शक्तिशाली भूकम्पपछि पनि निरन्तर रुपमा धक्का जारी रहेको भारतीय अधिकारीले जनाएका छन् । 
 
नेपालमा जारी रहेको उक्त भूकम्पको धक्का राजधानी नयाँ दिल्लीसम्म पनि महसुस गरिएको बताइएको छ । गएको शनिबार र आइतबार दिउसो नेपालमा गएको शक्तिशाली भूकम्पका धक्का भारतमा पनि निरन्तर रहँदा त्यसमा परी कम्तीमा ६२ जनाको ज्यान गएको छ । 
 
नेपालमा केन्द्रविन्दु रहेको ती भूकम्पहरूको धक्का भारतका विभिन्न सहरमा पटकपटक महसुस गरिएका छन् । आइतबार दिउसो गएको ६।७ रेक्टर स्केलको दोस्रो पटकको भूकम्पबाट पनि पश्चिम बङ्गाल, बिहार, आसामलगायतका विभिन्न सहरमा क्षति पुगेको छ । 
 
त्यसैगरी भूकम्पको धक्का उडिसा, उत्तरखण्ड, पञ्जाव, झारखण्ड, उत्तर प्रदेश, नयाँ दिल्ली र छत्तिसगढमा पनि महसुस गरिएको छ । उक्त भूकम्पबाट मृत्यु हुने व्यक्तिका प्रत्येक परिवारलाई छ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भारत सरकारले गरेको छ । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुकम्प पीडितलाई सहयोग तथा उद्धारका काममा लाग्न सुरक्षा निकाय एवम् कर्मचारीलाई निर्देशन दिनुभएको छ । भूकम्पबाट शनिबार ५१ जनाको ज्यान गइसकेको छ र आइतबार दोस्रो पटक आएको भूकम्पबाट ११ गरी ६२ जनाको ज्यान गएको जानकारी भारतीय गृहसचिव एलसी गोयलले दिनुभएको हो । 
 
भूकम्पबाट सवैभन्दा बढी प्रभावित राज्य बिहार हो । बिहारमा मात्र भूकम्पबाट ४६ जनाको मृत्यु भएको छ । बिहारका मुख्यमन्त्री नितीश कुमारले भूकम्पबाट ठूलो क्षति भएको बताउँदै बिहारमा मात्र ५० जनाको ज्यान गएको बताउनुभएको छ । 
 
बिहारमा आइतबार र सोमबारका लागि सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएको छ । कतिपय स्थानका विद्यालयमा पीडितलाई राख्ने अस्थायी शिविरका रुपमा प्रयोग गिरिएको छ । रासस÷पिटीआइ 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award