अन्तर्राष्ट्रिय

मितव्ययिता विरोधी सुझावको आलोचना
लिस्बोन, ६ वैशाख ।
 पोर्चुगलको प्रमुख प्रतिपक्षी दलले दिएको राष्ट्रिय मितव्ययिता विरोधी सुझावको प्रधानमन्त्री पेड्रो पासोस कोएल्होले विरोध गर्नुभएको छ । 
 
पोर्चुगलको राष्ट्रिय अर्थतन्त्रले १.७ अर्ब युरो (१.८ अर्ब अमेरिकी डलर) घाटा बेहोरी रहेकोमा राष्ट्रव्यापी मितव्यायिता अपनाउन छाड्ने हो भन्ने घाटाको अर्थ व्यवस्था झन झनै चर्केर जाने समेत उहाँले चेतावनी दिनुभएको छ । 
 
सन् २०११ मा मुलुकको अर्थतन्त्र झन्डै टाट पल्टिने स्थितिमा पुग्दा पोर्चुगलले ७८ अर्ब युरो ऋण लिई त्यस बखत मुक्ति पाएको थियो । 
 
गतवर्ष उक्त ऋण चुक्ता भइसक्दा पनि राष्ट्रिय अर्थतन्त्रमा यसले पारेको असर समाप्त भइसकेको छैन । यसै परिस्थितिलाई ध्यानमा राखी केन्द्रको दक्षिणपन्थी सरकारले आर्थिक लक्ष्य हासिल गर्न कडा मितव्ययिताको कार्यक्रमहरू लागू गर्दै आएको छ । 
 
 
त्यसैगरी प्रधानमन्त्री पेड्रोले यसवर्ष आर्थिक वृद्धिदर १.५ प्रतिशत हासिल गर्ने र आगामी वर्ष १.७ प्रतिशत पु¥याउने लक्ष्य राख्नु भएको छ ।
 
तीनवर्षदेखि निरन्तर आर्थिक मितव्ययिता लागू गरेकोमा प्रतिपक्षीहरू रुष्ट भई सरकारलाई मितव्ययिता कम गराउने खालका कार्यक्रमहरू सुझाएका थिए । 
 
पोर्चुगल संसदमा तीन महिना छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पेड्रोले मुलुकलाई अतिरिक्त आर्थिक घाटा भार दिने नहुने बताउनुभयो । 
 
मितव्ययिता विरोधी कार्यक्रम लागू गर्दा सन् २०१६ सम्म घाटा अर्थतन्त्रलाई शून्य बनाउने लक्ष्य हासिल हुन नसक्ने भन्दै उहाँले प्रतिपक्षीले सुझाएको कार्यक्रमको आलोचना 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award