अन्तर्राष्ट्रिय

चीन र कम्बोडियाबीच सहयोग आदानप्रदानमा वृद्धि हुने
न्होमपेन्ह, ६ वैशाख । चीन र कम्बोडियाले राष्ट्रिय सुरक्षा र कानुनी राज्य स्थापनामा आपसी सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । 
 
कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ र राज्य परिषद् तथा सार्वजनिक सुरक्षा मन्त्री गुओ सेङ्गकुनबीच भएको छलफलमा दुई देशबीच वृहत राजनीतिक सहयोग साझेदारीमा वृद्धि गरिने बताइएको हो । 
 
चिनियाँ सार्वजनिक सुरक्षा मन्त्री गुओले दुई देशबीच भएको सवै सुरक्षा सम्झौताको कार्यान्वयनमा चीनले निरन्तर सहयोग गर्ने र द्विपक्षीय आपसी हितको लागि वर्तमान कानुन र सुरक्षा कार्यक्रम लागू गराउन चीनले कम्बोडियालाई पूर्ण सहयोग गर्ने समेत बताउनुभएको छ । 
 
सो छलफलका क्रममा प्रधानमन्त्री हुन सेनले परम्परागत तथा पछिल्लो वर्षहरूमा जन्मलिएका विभिन्न प्रश्नहरूले यस क्षेत्रमा सुरक्षाका चुनौती थपिएका र यसले क्षेत्रीय विकास र स्थिरतामा बाधा पुगेको समेत बताउनु भएको छ । 
 
गुओको भ्रमणले कम्बोडियामा कानुनको कार्यान्वयन र स्थायी सुरक्षामा वृद्धि गर्न सहयोग पुग्ने र यसबाट दुवै देश लाभान्वित हुने विश्वास समेत प्रधानमन्त्री हुन सेनले व्यक्त गर्नुभएको छ । 
 
कम्बोडियाको भ्रमणमा न्होमपेन्ह पुग्नु भएका गुओले उपप्रधानमन्त्री तथा गृहमन्त्री सार खेङ्गसँग पनि भेटघाट गर्नुभएको छ । 
 
कानुुन कार्यान्वयन र सुरक्षा सम्बन्धी द्विपक्षीय विभिन्न सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्नु हुँदै उपप्रधानमन्त्री सर खेङ्ग कम्बोडियालीले अन्तरदेशीय अपराधका घटनाहरू नियन्त्रण गर्दै देशमा शान्ति र सुरक्षा कायम गर्ने सहकार्य आवश्यक भएको समेत बताउनुभयो । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award