अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच हतियारसम्बन्धी थप सम्झौता
बैशाख १, एजेन्सी । 
रुस र युक्रेनबीच हतियार व्यवस्थापन सम्बन्धी थप सम्झौता भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा जारी तनाव अन्त्यको पहलमा रुस र युक्रेनले थप अन्य किसिमका हतियार हटाउनेसम्बन्धी सम्झौता भएको हो । जर्मनीको बर्लिनमा दुई मुलुकका बिदेशमन्त्री सम्मिलीत वार्तामा सो सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।
 
मोर्टार, हतियार ट्यांक तथा १ सय एमएम क्यालिबर भन्दा तलका भारी हतियार हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । वार्तामा दुई मुलुकका बिदेशमन्त्रीले युक्रेनी सैनिक र रुस समर्थित बिद्रोहीबीच लामो समयदेखिको द्वन्दसम्बन्धी फरक धारणा राखेका थिए । वार्ता लामो तथा गहन भएपनि विवादास्पद रहेको वार्तामा उपस्थित जर्मन विदेशमन्त्री फ्रान्क–वाल्टर स्टेनमैरले बताउनुभयो ।
 
यसैबीच, वार्ताको पूर्वसन्ध्यामा युक्रेनको पूर्वी क्षेत्रमा युक्रेनी सैनिक र रुसभाषी बिद्रोहीबीच झडप भएको छ । झडपमा एक जना युक्रेनीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award