- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोले हात मिलाउनुभयो
पानामा नगर, २८ चैत । अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रोले शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज’मा एकअर्कासँग हात मिलाउनुभयो र सँगै बस्नुभयो । यसलाई दुई मुलुकबीच दशकौँसम्मको शत्रुता कम गर्ने नयाँ महत्वपूर्ण घटनाको रूपमा लिइएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनको उपस्थितिमा अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोले एक अर्कालाई शुभकामना व्यक्त गर्नुभयो । पानामा नगरको सभागृहमा अन्य क्षेत्रीय नेताहरूका साथै उहाँहरूले आसन ग्रहण बस्नुभयो ।
दुई मुलुकबीच कूटनीतिक सम्बन्ध सन् १९६१ मा बिग्रिएको थियो र एकै कोठामा अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोको उपस्थितिले उहाँहरू कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्न चाहनुहुन्छ भन्ने सङ्केत दिएको बताइएको छ ।
समिट अफ दी अमेरिकाजको २१ वर्षको इतिहासमा क्युबाली नेताले भाग लिएको यो पहिलोपटक हो ।
अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोबीच शुभकामना आदानप्रदानलाई अमेरिकी अधिकारीहरूले अनौपचारिक अन्तरक्रियाको रूपमा लिएका छन् । यी दुई नेताबीच ठोस वार्ता नभएको ती अधिकारीले बताए ।
अमेरिका तथा क्युबाबीच सन् १९६१ देखि समबन्ध बिच्छेद भएको थियो र दुई नेताबीच प्रतिक्षा गरिएको विस्तृत वार्ता शनिबार हुने अनुमान गरिएको छ ।
सन् २०१३ मा जोहानेसबर्गमा नेल्सन मन्डेलाको स्मृतिसभामा दुई नेताले अघिल्लोपटक हात मिलाउनुभएको थियो ।
अमेरिकी राष्ट्रहरूको सङ्गठनका महासचिव होसे मिगेल इनसल्जाले यस शिखर बैठकमा पहिलोपटक ३५ मुलुक उपस्थित भएको र यसको विशेष आयाम रहेको बताउनुभयो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव बानले क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोको उपस्थितिको सबैले यस क्षेत्रमा लामो समयदेखि चर्चा गरेको बताउनुभयो ।
यसपछि क्षेत्रीय नेताहरू अनौपचारिक भोजमा सरिक हुनुभएको थियो ।
राष्ट्रपति ओबामाका वरिष्ठ सहयोगी बेन रोड्सले राष्ट्रपति ओबामा तथा क्यास्ट्रोबीचको वार्ताका विषय अझै निर्णित नभइसकेको बताउनुभयो । उहाँहरूले दुई मुलुकमा दूतावास स्थापना गर्ने र हालसम्म कायम मतभेदका विषयमा छलफल गर्ने बताइएको छ ।
राष्ट्रपति ओबामा तथा क्यास्ट्रोले हाल भइरहेको वार्ता तथा शिखर बैठकका विषयमा बुधबार टेलिफोनमा वार्ता गर्नुभएको रोड्सले जानकारी दिनुभयो । यो उहाँहरूबीच दोस्रो टेलिफोन वार्ता हो । डिसेम्बर महिनामा उहाँहरूबीच टेलिफोन वार्ता भएपछि अमेरिका तथा क्युबाबीच सम्बन्ध सामान्य बनाउने घोषणा भएको थियो ।
यसो भए पनि हवानालाई चिढाउने गरि अमेरिकी राष्ट्रपति ओबामाले शिखर बैठक पूर्व विरोधी वकिल लरित्जा डिभरसेन्ट, राजनीतिक कार्यकर्ता म्यानुएल कुएस्ता मुराका साथै अमेरिकी मुलुकका एक दर्जन कार्यकर्तासँग बन्द कोठामा भेट गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति ओबामाले यस क्षेत्रमा अमेरिकी हस्तक्षेपको दिन अन्त्य भएको बताउँदै नागरिक समाजका प्रतिनिधिहरूलाई अमेरिका उनीहरूको साथमा रहने बताउनुभयो ।
राष्ट्रपति ओबामाले क्युवासँग सम्बन्धको नयाँ अध्याय आरम्भ भएको बताउनुभयो । उहाँले आफूहरूबीचको भिन्नता सरकारहरूबीच राखिने बताउनुभयो ।
क्युबाली राष्ट्रपति क्यास्ट्रोले अमेरिकी च्याम्बर अफ कमर्सका अध्यक्ष टम डनह्युुसँग क्युबाका पूँजीवादका प्रमुख व्यक्तिका साथमा भेट गर्नुभयो । क्युबा अमेरिकी क्षेत्रमा एक मात्र कम्युनिस्ट मुलुक हो ।
अमेरिकी तथा क्युबाली विदेशमन्त्री जन केरी तथा ब्रुनो रोद्रिगेजले बिहीबार साँझ दुई मुलुकबीच सन् १९५८ पछि उच्चस्तरमा वार्ता गरी इतिहास बनाउनुभएको थियो । उक्त वार्तालाई दुबै पक्षले सिर्जनात्मक भएको बताएका छन् ।
अमेरिकाले क्युबालाई अझै पनि आतङ्वाद प्रायोजक मुलुकको कालो सूचीमा राखेको छ र दुई मुलुकबीच कूटनीतिक वार्ताको प्रमुख बाधाको रूपमा यो कुरा रहेको रोड्सले बताउनुभयो । क्युबाको साथमा उक्त सूचीमा इरान, सुडान तथा सिरिया पनि परेका छन् ।
अमेरिकी राष्ट्रपति ओबामाले यस विषयमा निर्णय गर्नुभए पनि उहाँको सुझावलाई ४५ दिनसम्म उल्टाउनसक्ने अधिकार संसदमा रहेको छ ।
बहुसङ्ख्यक अमेरिकी तथा क्युबाली नागरिक दुई मुलुकबीच मेलमिलापको पक्षमा देखिए पनि अमेरिकी केही सांसदहरू यसको कडा आलोचक रहेका छन् ।
राष्ट्रपति ओबामाले ल्याटिन अमेरिकासँग अमेरिकी तनावको स्रोत हटाउन प्रयास गर्नुभए पनि उहाँले प्रतिपक्षीमाथि कारवाही गर्ने भेनेजुएलाका अधिकारीहरूमाथि प्रतिबन्ध लगाउनुभएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो हवानाका प्रमुख सहयोगी हुनुहुन्छ र उहाँले उक्त प्रतिबन्ध हटाउन एक करोड ३४ लाख जनताले हस्ताक्षर गरेको र अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरिएको आग्रहपत्र हस्तान्तरण गर्ने दृढता व्यक्त गर्नुभएको छ ।
पानामा नगरको एल कुरिलो स्मारकमा एक भेलामा मदुरोले ठूलो स्वागत प्राप्त गर्नुभयो । अमेरिकाले सन् १९८९ मा म्यानुएल नोरिएगालाई पदमुक्त गर्न गरेको हस्तक्षेपका पीडितको सम्मानमा उक्त स्मारक तयार भएको थियो ।
राष्ट्रपति मदुरोले अमेरिकाले पानामा र ल्याटिन अमेरिकामा गरेको हस्तक्षेपप्रति माफी माग्नुपर्ने बताउनुभयो ।
वासिङटनले यस मुलुकसँग तनाव कम गर्न यसै साता राष्ट्रपति मदुरोसँग भेट गर्न काराकसमा एक वरिष्ठ अधिकारी पठाउने भएको छ । रासस÷एएफपी
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





