अन्तर्राष्ट्रिय

साढे पाँच दशकपछि अमेरिका क्युवा उच्चस्तरीय वार्ता
पानामा सिटी, २७ चैत । दशकौँपछि अमेरिका र क्युवाबीच वार्ता भएको समाचार छ । अमेरिकी विदेशमन्त्री जोन केरी र क्युवाली विदेशमन्त्री ब्रुनो रेड्रिगेजबीच बिहीबार वार्ता भएको छ । 
सन् १९६१ पछि यी दुई देशबीच पहिलो पटक यो वार्ता भएको समाचारमा जनाइएको छ । पानामा सिटीमा सो भेटवार्ता भएको हो । 
 
बिहीबार उहाँहरुबीच वन्द कोठामा द्विपक्षीय वार्ता भएको हो । सो वार्तालाई कम्तीमा पनि साढे पाँच दशकपछि पहिलो पटक भएको उच्चस्तीय वार्ताका रुपमा प्रचार गरिएको छ । 
अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोको पनि आमने सामने भेटहुने भनिएको एकदिनअघिमात्र यी दुई देशका विदेशमन्त्रीबीच सो वार्ता हुने भएको बताइएको छ । 
 
शुक्रबार र शनिबार पानामामा आयोजना हुन लागेको सातौँ अमेरिकी सम्मेलनका क्रममा त्यहाँ पुग्नुभएका दुई विदेशमन्त्रीबीच सो वार्ता भएको हो । वार्ताका क्रममा उहाँहरुबीच भएको कुराकानीका बारेमा भने केही बताइएको छैन । 
 
यो घटनालाई विभिन्न विदेशी सञ्चारमाध्यमरुले शीतयुद्धकालीन अवस्थापछिको एक दुर्लभ घटनाको रुपमा प्रचार गरेका छन् । 
 
शुक्रबार र शनिबार हुन लागेको सो सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोको बसाईको व्यवस्थापन आमने सामने पर्नेगरी मिलाइएको छ । तर यसअघिका सम्मेलनहरुमा भने यस्तो संयोग पनि मिलाइएको थिएन । 
 
विश्वमा सन् १९४५ मा अन्त्यभएको विश्वयुद्धपछि सुरु भएको शीतयुद्धदेखि नै यी दुई देशबीचमा शत्रुतापूर्ण सम्बन्ध रही आएको छ । त्यसैले दुई देशबीचको यो वार्तालाई पनि विश्वका सञ्चारले नै ऐतिहासिक भनी प्रचार गरेका छन् । 
 
गएको जनवरी महिनामा यी दुई देशबीच सामान्य वार्ता भएको थियो । तर त्यस समयमा पहल गर्ने भनिएपनि यी दुई देशले आफ्ना दूतावासको स्थापना भने गरेका छैनन् । 
 
पछिल्लो समयमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले क्युवाको अवस्थाका बारेमा अध्ययन गरेको थियो । सो अध्ययनपछि क्युवालाई आतङ्कवादी सूचीबाट हटाउन ह्वाइट हाउसले सुझाएको छ । 
 
तर अहिले नै सो सूचीबाट अमेरिकाले क्युवालाई हटाउने वा नहटाउने बारेमा भने केही बताएको छैन । आसन्न यसै सम्मेलनमा अमेरिकाले सो सूचीबाट हटाउने वा नहटाउने भन्ने बारेमा भने केही बताएको छैन । 
 
यदि यसै सम्मेलनकै समयमा अमेरिकाले क्युवालाई सो सूचीबाट हटायो भने यसलाई ऐतिहासिक उपलब्धिका रुपमा लिनुपर्ने विशेषज्ञहरुको भनाई छ । तर कतिपयले भने यतिचाँडै अमेरिकाले सो कदम लिन नसक्ने बताएका छन् । 
 
यस विषयको निर्णय अमेरिकी राष्ट्रपति बाराक ओबामाले नै गर्नुपर्ने हुन्छ । तरपनि त्यस विषयमा खासै केही प्रतिक्रिया राष्ट्रपति ओबामाले दिनुभएको छैन । 
 
तर ह्वाइट हाउसले गरेको सो अनुसन्धान प्रतिवेदन अमेरिकी संसदमा पेश गर्नुपर्ने हुन्छ र अमेरिकी कङ्ग्रेसले त्यसमाथिको पुनरावलोकनका लागि ४५ दिनसम्म लिनसक्छ । 
अमेरिकाले क्युवालाई सन् १९८२ मा आतङ्ककारीको सूचीमा राखेको थियो । सो समयपछि अमेरिकाले उक्त सूचीमा संशोधन गरेको छैन । 
 
यही सूचीले नै यी दुई देशबीचको कूटनीतिक सम्बधमा दरार ल्याएको हो । यसैका कारणले नै सम्बन्ध पुनस्र्थापनामा कुनै प्रगति हुन सकिरहेको छैन । 
 
गएको डिसेम्बर महिनाको मध्यतिर नै यी दुई देशका राष्ट्रपतिले सम्बन्ध सुधारका लागि पहल गरेको जनाएका थिए । यी देशको कूटनीतिक तहमा पनि वार्ता भएको थियो । 
 
सो वार्तामा सम्बन्ध पुनस्र्थापनाको पहिलो चरणमा दुवै देशका राजदूतावासहरु पुनःस्थापना गर्ने बताएका थिए । तर अहिलेसम्म पनि दूतावास भने स्थापना गरिएको छैन । रासस÷सिन्ह्वा÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award