अन्तर्राष्ट्रिय

नाइजेरियामा बोको हरामको आक्रमणमा २० जनाको ज्यान गयो
काठमाडौं, चैत्र २४ ।
नाइजेरियामा आतंकबादी समूह बोको हरामको आक्रमणम २० जनाको ज्यान गएको छ ।
 
नाइजेरियाको बोर्नो राज्य नजिकको क्यामरुनको सीमामा श्रृंखलाबद्ध आक्रमण गर्दा उनीहरुको ज्यान गएको हो ।  आक्रमण लगत्तै ठाउँ ठाउँमा आगजनी समेत गरेका छन् । आगजनीका कारण थुप्रै घरहरु जलेका छन् । 
 
हातहतियार सहित प्रवेश गरेका बोको हरामका कार्यकर्ताले जथाभावी आक्रमण गर्दा सर्वसाधारण भागदौड मच्चिएको थियो । नाइजेरिया, क्यामरुन, चाड र नाइजरमा बाको हराम बिरुद्ध कारबाही जारी रहेकै बेला यो आक्रमण भएको बुझिएको छ । आक्रमणकै क्रममा कतिपयलाई उनीहरुले नियन्त्रणमा लिएका छन् ।

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award