अन्तर्राष्ट्रिय

जाम्बियामा ट्रक दुर्घटनामा सत्रको मृत्यु
लुसाका, २३ चैत । जाम्बियाको दक्षिणी भागमा सोमबार एक हलुका ट्रक एक पसलमा ठक्कर खाई पल्टिदा सत्र व्यक्तिको मृत्यु भएको जानकारी प्रहरी प्रमुखले दिएका छन् । 
 
दक्षिणी प्रान्तका प्रहरी आयुक्त म्यारी चिक्वान्दाले राजधानी लुसाकाबाट मन्जेतर्फ माझीहरुको समूह लिएर गएको एक क्यान्टर ट्रक माजाबुकामा ट्राफिक बत्तीमा रोकिन नसक्दा नजिकैको पसलमा ठक्कर खाई पल्टिएको बताउनुभयो । 
 
उहाँले चालकको पनि घटनास्थलमै मृत्यु भएको बताउनुभयो । उहाँले ट्रक उच्च गतिमा रहेको र ट्राफिक बत्तीमा पनि रोकिन नसकी पसलमा ठक्कर खान पुगेको बताउनुभयो । उक्त क्यान्टर ट्रक त्यसपछि पल्टिएको थियो र त्यसमा रहेका १७ व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । घटना रातीको १ः०० बजे भएको बताइएको छ । 
 
यस दुर्घटनामा घाइते भएका अन्य चार व्यक्तिलाई अस्पताल लगिएको छ । 
 
माजाबुका राजधानी लुसाकाबाट १३० किलोमिटर दक्षिणमा पर्छ र यस क्षेत्रमा यातायातका लागि प्रायः हलुका ट्रक प्रयोग हुन्छ । 
 
जाम्बियामा सडक दुर्घटना सामान्य रुपमा भइरहन्छ र यसका प्रमुख कारणमा गाडीको गति तथा राजमार्गको बिग्रदो अवस्था भएको बताइन्छ । रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award