- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
फ्रान्समा कृत्रिम मुटु प्राप्त गर्ने दोस्रो व्यक्तिको आफू निको भएको दाबी
पेरिस, २२ चैत । अगस्त महिनामा निकै चर्चा पाएको नयाँ पुस्ताको कृत्रिम मुटु शरीरमा प्रतिस्थापन गर्ने एक बिरामीले आइतबार एक अन्तर्वार्तामा आफू साइकल चलाउनसक्ने गरी निको भएको बताएका छन् ।
उनन्सत्तरी वर्षीय यी पुरुष अझै पनि अज्ञात रहन चाहन्छन् र फ्रान्सको पश्चिमी नगर नान्टसमा आठ महिना अगाडि यी व्यक्तिमा कृत्रिम मुटु प्रतिस्थापन गर्ने समयमा उनी मृत्युको नजिक पुग्ने गरी बिरामी थिए ।
फ्रान्सको संस्था कार्मटले कृत्रिम मुटु विकास गरेको र त्यसलाई परीक्षणका लागि पहिलो बिरामीमा प्रयोग गरेको विषयमा चिकै चर्चा भएको थियो । छयहत्तर वर्षका क्लड ड्यानीको गत वर्ष मृत्यु भएको थियो । ड्यानीमा कृत्रिम मुटु प्रतिस्थापन भएको १० सातामा उनको मृत्युभएको थियो ।
दोस्रो बिरामी भने त्यो भन्दा बढी बाँचेका छन् । उनलाई यसै वर्षको आरम्भमा घर पठाइएको थियो । आइतबार उनले शल्यक्रियापछिको पहिलो अन्तर्वार्तामा आफू निको भएको र सामान्य जीवन बाँचेको बताए ।
उनले आफू हिड्ने गरेको, ओछ्यानबाट उठ्ने गरेको र एक दिनमा कुनै पनि समस्या नभइकन १० देखि १५ पटक निहुरिने गरेको बताए । उनले आफ्नो सन्तुलन कायम गर्न सकेको र आफूलाई कुनै पनि डर नलागेको बताए । दुई सन्तानका यी पिताले यी जानकारी जेडीडी साप्ताहिकलाई दिएका हुन् ।
उनले शल्यक्रिया भएको दिनदेखि नै आफूले जीवित भएको अनुभव गरेको बताए ।
यो कृत्रिम मुटुमा नरम जैविक सामग्री प्रयोग भएको र यसमा रगत जम्ने सम्भावना कम हुन्छ । साथै यसलाई शरीरको रोगप्रतिरोधात्मक क्षमताले अस्वीकार गर्ने सम्भावना पनि कम हुन्छ । यसमा लिथियमको ब्याट्री प्रयोग भएको छ ।
यी बिरामीले यी ब्याट्री चार्ज गर्न भुल्न नहुने बताए ।
उनले आफूसँग यस विषयमा सम्झनाका घण्टाघण्टाको चार्ट भएको र यो जटिल पनि नभएको बताए ।
उनले अहिले आफूमा १०० वर्षसम्म बाँच्छुकी भन्ने आशा पलाएको बताए ।
यी व्यक्तिमा शल्यक्रिया गर्ने प्राध्यापक ड्यानियल दुभुले युरो वन रेडियोलाई आफ्ना बिरामीले साइकल चलाएको देख्दा आफूलाई निकै आश्चर्य लागेको बताउनुभयो ।
उहाँले बिरामीको पुनस्र्थापनाका साथमा आपूmहरूले यी विरामीलाई अनेकौँ शारीरिक अभ्यास गराएको र त्यसमा शारीरिक अभ्यास गर्ने साइकल पनि परेको बताउनुभयो । उहाँले यी बिरामीले आफूसँग पराम्परागत साइकल भएको तर आफूले सकेसम्म उचाइमा साइकल नलग्ने गरेको बताएको जानकारी दिनुभयो ।
प्राध्यापक दुभुले आफ्ना विरामी ‘जुडोका’मा ‘ब्ल्याक बेल्ट’ भएको र आफ्नो शारीरिक खेल पुनः आरम्भ गर्न चाहेको बताएको उल्लेख गर्नुभयो । उहाँले यस्तो खेल आरम्भ गर्नुपूर्व चिकित्सकको सल्लाह लिन बिरामीलाई आग्रह गरिएको बताउनुभयो ।
युरोप तथा अमेरिकाका करिब एक लाख मानिसलाई मुटुको प्रतिस्थापन आवश्यक देखिएको कार्मटले उल्लेख गरेको छ । यस संस्थाले मृत्युनजिक पुगेका चार बिरामीमा पहिलो चरणको कृत्रिम मुटु परीक्षण गर्ने योजना बनाएको छ ।
दोस्रो चरणमा २० विरामीमा यस प्रकारको कृत्रिम मुटु प्रतिस्थापन गर्ने योजना यस संस्थाले बनाएको छ । रासस÷एएफपी
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





